सँसदको निर्णय भारतमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले नैतिकता भए राजिनामा दिनुपर्छः ओली

सँसदको निर्णय भारतमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले नैतिकता भए राजिनामा दिनुपर्छः ओली

कृष्ण आचार्य

चितवन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले राज्यशक्त्तीको दुरुपायोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भैरहेको वताउनुभयो । भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाँउदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टचार नियन्त्रण सम्भव नरहेको वताउनु भयो । उहाँले भन्नुभयोः भ्रष्टचार रोक्ने राज्यले हो,नागरिकले होइन,एमाले सवै ठाउँमा लडेकाले एकै ठाँउमा केन्द्रित नभएजस्तो देखिएको हो ।
ओलीले प्रदेश नम्वर २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी वन्ने दावी गर्नुभयो । यसअघिका निर्वाचनले एमाले पहिलो पार्टी वन्छ, भन्नेकुरा भनिरहनु नपर्ने ओलीको भनाई छ ।
सँसदवाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर सांसदको निर्णय फेरी सच्याउछु भन्नु हास्यास्पद भएको ओलीले टिप्पणी गर्नुभयो । सँसदको दुई दिन अघिको निर्णयलाई विदेशमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले राजिनामा दिनु उचित हुने ओलीले वताउनुभयो ।
सरकालाई अरुको झुम्का जोडेर वनाएको पुतलीले संङग्या दिँदै ओलीले धेरै फुर्ती नगर्न आग्रह गर्नुभयो । उहाँले २ महिनापछि एमाले सरकारमा जाने दावी गर्नुभयो । अनेरास्ववियूको केन्द्रिय बिस्तारित वैठकको उद्घाटनका लागी ओली चितवन आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.