विराट मेडिकल कलेज टंकीसिनवारीले बाढीपिडितलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

विराट मेडिकल कलेज टंकीसिनवारीले बाढीपिडितलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

धु्रब कट्वाल (फोटो पत्रकार)

विराटनगर । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य बिभिन्न स्थानमा शिविरको आयोजना गरी सम्पन्न गरेको छ ।
बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका बरिष्ट मार्केटिगं अफिसर कृष्ण कंडेलले बताउनु भएको छ । गत श्रावण २६ गते शनिबार आएको महामारी बाढीले सो क्षेत्रका धेरै बालबालिकालाई प्रभावित बनाएको छ । घरबार बिहीन भएका छन् । बस्नको लागि स्थान छैन् । यस्तै अबस्था रहे रोगले बिकराल रुप लिन सक्ने अबस्था देखे पछि यो अभियान शुरु गरिएको बरिष्ट मार्केटिगं अफिसर कंडेलले बताउनु भयो । हामी र हाम्रो मेडिकल कलेजको टिम नै गएर सम्भावित क्षेत्रमा अबलोकन गरेका छौ । बुढीगंगा गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सग कुरा कानी गरेका छौ । अति संबेदनशिल र गर्नै पर्नै स्थान भएकोले जिल्ला प्रशासन कार्यालय मोरगं र जिल्ला जनस्वास्थ्य मोरगंबाट स्वकृति प्राप्त भए पछि हामी यस एरियामा होमिएका छौ र हामीले सहयोग बिभिन्न क्षेत्रबाट गरि नै रहने मेडिकल कलेजका युनिट प्रमुख सुदिर राठौरले बताउनु भयो ।
प्रभावित क्षेत्रमा रहेका वालवालिका, अशक्त तथा सुत्केरीहरुलाई जाच तथा परामर्श दिईएको छ । वाढी पीडितहरुका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको सो अस्पतालका म्यानेजर अरविन्द मण्डलले जानकारी दिनुभयो । बुढिगंगा गाउपालिकाको ५७ घर परिवारलाई आज पानि शुद्धिकरण गर्ने उपाय तथा रोग नियन्त्रणबारे आवश्यक परामर्श दिइएको थियो । कलेजको टोलीले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन सर्वसाधारणलाई सचेत गराएको थियो । डाक्टरहरुको टिमले रेफर गरेका सबै बिरामीहरुलाई मेडिकलले निःशुल्क उपचार समेत गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.