नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

सन्जिव कुमार कट्वाल 

विराटनगर । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रहरुमा सबै स्वयंसेवक टोलीहरुले टहरा, सरसफाई, घरबनाउने लगायतका काम गर्न थालेका छन् ।
एमालेले पहिचाहन गरेका क्षेत्रमा र विराटनगरका अति प्रभावित क्षेत्रमा जिल्ला स्तरका नेता देखि जनबर्गिय संगठनका सबै जिम्मेवार नेता लगायत कार्यकर्ता र आस्थाका केन्द्र भएको सबै जनताहरु यो बिपत्तको धडीमा जुट्न लागेको पुर्ब अध्यक्ष महेश रेग्मीले बताउनु भयो । यो राजनैतिक भन्दा माथि उठेर पिडितहरुको महलम लगाउन एमालेले जुनसुकै काम पनि बाकी नराख्ने गरी स्वयंसेवक टोली परिचालन गरिएको केन्द्रिय सदस्य जीवन घिमिरेले बताउनु भयो ।
एमाले निकट मोर्चा संगठनहरुको बिभिन्न पटक विराटनगरमा वसेको वैठकले ब्यापक रुपमा परिचालन गरी विराटनगरको परोपकारघाट, आसपासमा स्वयंसेवक टोलीले काम शुरु गरेको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले बताउनु भयो । बाढी तथा डुवान प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै तत्काल संवन्धित निकायलाई स्वास्थ्य उपचारका लागि ध्यानाकर्षण समेत गराएको मोर्चा प्रमुख खतिवडाले बताउनु भयो । सरकारी तवरवाट वितरण भईरहेको राहत सामाग्री पारदर्शी नभएको भन्दै पारदर्शी गर्न पनि बैठकले माग समेत गरेको छ ।
मोर्चा संगठन प्रमुख खतिवडाले भन्नुभयो,‘राहत वितरणमा ढिलाइ भएको भन्दै छिटो छरितो र चुस्त दुरुस्त गर्नका लागि संवन्धित पक्षमा डेलिगेशन गइरहेको र हाम्रो पार्टीले एकदम नजिकबाट नियाली रहेको समेत बताउनु भयो । यो कसैको लागि हैन् मात्र पिडितको राहतका लागि हामी लागेका हो । मोर्चा संगठनको बैठकले बाढी पीडित तथा प्रभावितहरुको जिल्लाभरको तथ्यांक संकलनका लागि पेशागत महासंघ र स्वास्थ्य शिविर सञ्चालनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई जिम्मा दिने निर्णय समेत बिभिन्न बैठकमा निणर्य गरेको छ । खाद्य गुणस्तर र कृतिम महंगी भएको भन्दै अनुगमन गर्नका लागि संवन्धित पक्षको ध्यानाकर्षण वैठकले गराएको छ ।
वाढीका कारण विभिन्न शैक्षिक संस्थामा शैक्षिक सामाग्रीको वितरणका लागि पहल गर्ने वैठकले निर्णय गरेको मोर्चा संगठन विभागका प्रमुख खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार छिटै नै सवै जनसंगठनको वैठक वसी वाढी पीडितको राहतका लागि स्पष्ट खाका ल्याउन पनि निर्देशन दिईएको छ । वैठकमा जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले वाढी र डुवानका कारण पीडित तथा प्रभावित भएकाहरुलाई तत्काल राहतको आवस्यकता रहेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
यसै गरी बिराटनगर महानगरपालिकाका सबै वडाहरुमा बडा संयोजकले सबै स्थानमा सक्ने सहयोग गर्नका लागि बिभिन्न टोलिहरु समेत खटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.