बनाउन थालेको चौध महिनामा पनि बनेन

बनाउन थालेको चौध महिनामा पनि बनेन

विराटनगर÷वैद्यनाथपुर स्थित सुटिङ्गको कभर्ड हल बनाउन थालेको १४ महिना बितिसक्दा पनि बनिसकेको छैन् ।
सातौं राष्ट्रिय खेलकुदका लागि २०७३ साल जेठदेखि कभर्ड हल बनाउन शुरू गरिएको थियो । ठेक्का प्रणालीबाट काम गराउँदा ढिला काम हुने भन्दै छिटो काम सक्न राष्ट्रिय खेलकुद परिषदले उपभोक्ता समिती मार्फत कभर्ड हल बनाउन थालेको थियो । उपभोक्ता समितीको ढिलासुस्तीका कारण समयमा काम नसकिँदा त्रिपाल टाँगेर सुटिङ्गको राष्ट्रिय प्रतियोगिता गरिएको थियो । खेल अधिकारीहरूले राष्ट्रिय खेलकुद प्रतियोगिता सकिनासाथ कभर्ड हल बनाउने बताएका थिए । तर प्रतियोगिता सम्पन्न भएको सात महिना बितिसक्दा पनि कभर्ड हल बनिसकेको छैन् । कभर्ड हलमा छानो नहल्दा वर्षातको पानिले कभर्ड हल जिर्ण बनाएको छ । वर्षातको पानिले छाना छाउन बनाएको ट्रष्टमा खिया लागेको छ भने ढलाई गरेको भुईं भत्किएर झार उम्रिएको छ । भवन निर्माण सम्पन्न नगरी अधुरो बनाएर छोड्दा भवन कम टिकाउ हुने इञ्जिनियर कृष्णहरी पोखरेल बताउनुहुन्छ ।
समयमा काम नसकेका कारण कभर्ड हल बनाइसक्न र भत्किएका संरचना बनाउन थप खर्चिनुपर्ने अबस्था आएको छ । खेल अधिकारीहरूको लापरबाहीका कारण समयमा कभर्ड हल निर्माण हुन नसकेको खेलाडीहरूको भनाई छ । ५८ लाख रूपैयाँको लागतमा बन्ने यो कभर्ड हलमा ५२ लाख रूपैयाँ भन्दा बढी खर्च भइसकेको जिल्ला खेलकुद विकास समिती मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.