मातृत्व सेवा र परिवार नियोजनको उपयोगित पेपरवर्क प्रस्तुति सम्पन्न

मातृत्व सेवा र परिवार नियोजनको उपयोगित पेपरवर्क प्रस्तुति सम्पन्न

बिराटनगर । जनता आदर्श बहुमुखि क्याम्पस बिराटनगरले निरन्तर मातृत्व स्वास्थ्य सेवा र प्रस्तुति पश्चात परिवार नियोजन सेवाको उपयोगिता अनुसन्धानरत पेपरवर्क प्रस्तुत गरेको छ ।
पूर्वाञ्चल विश्वबिद्यालयले अनुसन्धान गर्ने बिषयगत कुरा तर्फ अगाडि बढीरहेको र यसलाई अझ सशक्त बनाउन र अनुसन्धान भएका बिषयलाई प्रकासित गर्नु पर्ने कुरामा बिश्वबिद्यालय लाग्ने कार्यक्रमका प्रमुख अतिथि तथा अनुसन्धान महाशाखा प्रमुख प्रा.डा. मिनराज ढकालले बताउनु भयो । विश्वबिद्यालयका प्रध्यापकहरुले अनुसन्धान गरेका बिभिन्न बिषयहरुलाई अनुसन्धानमा मात्र सिमित नराखी यसलाई प्रकाशन तथा प्रकासित गर्नु पर्ने आजको आबश्यकता भएको संकेत गर्नु भयो । यसरी प्रकासित गरिएका ती बिषयहरु बिभिन्न अन्तराष्ट्र्रिय तथा राष्ट्र्रिय गैह्सरकारी संस्थाहरुले स्रोतका रुपमा ग्रहण गर्ने सक्ने र सबैका लागि अभिलेख हुने कुरा प्रा.डा. ढकालले बताउनु भयो ।
पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेज तिनैपैनीमा रहेको म्यानेजमेन्ट क्याम्पसको मिनीहलमा सन्चालन भएको सो पेपरवर्क कार्यक्रममा डा. कोमलप्रसाद दुलाल, डा. रमेशबाबु काफ्ले र पि.एच.डि.का लागि अध्ययनरत कृष्णप्रसाद पाण्डेले सयुक्तरुपमा तयार पारिएको सो पेपरवर्कको प्रस्तुति डा. रमेशबाबु काफ्ले गर्नु भएको थियो । बच्चा जन्मेको १२ महिना भित्र हुने बिभिन्न समस्या र आइपर्ने स्वास्थ्यका बिभिन्न सुचकहरुबारे छलफल गरिएको थियो । सो अबधीमा परिवार नियोजनको प्रयोग गर्दा हुने फाइदाबारे छलफल गरिएको थियो । बच्चा जन्म भएको एक बर्ष भित्रमा परिवार नियोजन सेवा उपयोगको दर बढाउन सो अनुसन्धान अध्ययनले देखाएको कुरा डा. कोमलप्रसाद दुलालले बताउनु भयो । १२ महिना भित्र परिवार नियोजनको सेवा उपयोग बढयो भने मातृत्व सेवा बढने हुनाले यस बिषयलाई ब्यापक छलफल र बहसको बिषय बनाउनु पर्नेमा अधिकांश प्रध्यापकहरुको जोड थियो । डा. कोमल प्रसाद दुलालले कार्यक्रम सन्चालन गर्नु भएको सो कार्यक्रमको म्यानेजमेन्ट क्याम्पस बिराटनगरका क्याम्पस प्रमुख डा. उत्तम रेग्मीले अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.