अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विराटनगरमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विराटनगरमा सार्वजनिक

विराटनगर ।
विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको तथ्याङ्कलाई कम्प्युटाइज गरी अभिलेखनमा सहजीकरण गर्ने अन्तराष्ट्रियस्तरको सफ्टवेयर “जेफेड”को वेटा भर्सन एक समारोह वीच विराटनगरमा सार्वजनिक भएको छ ।
जेफेड नाम दिएको सो सफट्वेयर तीन वर्षको अथक मेहनत लगाएर तयार गरिएको उच्च स्तरको विद्यालयका लागि बनाइएको सफ्टवेयर हो । विराटनगरका युवाहरुको समुहबाट निर्मित यो सफ्टवेयर पूर्णरुमा कस्टमाईज्ड सफ्टवेयर हो । आफ्नो मेहनत तथा सैद्धान्तिक अध्ययनलाई प्रयोगात्मक रुपमा प्रयोग गरी तयार गरिएको जेफेड सफ्टवेयर विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाहरुमा अति उपयोगी हुने जेफ्टवेयर सोलुशन प्रा.लि.का निर्देशक मोहन तबदारले बताउनु भयो ।
यस कार्याक्रमका प्रमुख अतिथि क्यान मोरगंका अध्यक्ष तथा नेपाल सुचना प्रविधी काउन्सिलका सदस्य निर्मल तामाङ्गले ग्रामिण क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुमा यस्ता सफ्टवेयरलाई लैजान सके त्यहांका विद्यालय र विद्यार्थीहरुको स्तरोन्नतीमा टेवा पुग्ने थियो र यसका लागि जेफ्टवेयरले अभियान चलाउनुपर्ने भाव व्यक्त गर्नुभयो ।
यो सफट्वेयरबाट विद्यालयमा विद्यार्थीहरुको रेकर्ड, शैक्षिक गतिविधिको अभिलेख, शिक्षक कर्मचारीहरुको पूर्ण विवरण, आदि शैक्षिक संस्थामा गरिने सम्पुर्ण गतिविधीहरुको वैज्ञानिक तरिकाबाट कम्प्युटाइज गर्न सकिने र फुल भर्सनको सफ्टवेयर  सुद्धढ र सवल हुने निर्देशक तबदारले बताउनु भयो । कार्यक्रममा जेफ्टवेयर सोलुशन प्रा. लि. का अध्यक्ष शंकर भटटराई, टेक्निकल अफिसर संदिप भगत, ओ. वि. डट नेटका सरोज कार्की, टेक बी सोलुशन प्रा. लि.का अजित चापागाईं, ईनोभेटिभ लर्निङ्ग सेलका प्रवन्धक मनोज संग्रौला, पाईला टेक्नोलोजीका प्रवन्धक पर्वतराज झा लगायतले मन्तब्य राख्नु भएका थियो ।zefed-2

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *