मोरङ प्रहरीले ठुलोमात्रामा नक्कली नोट कारोबारीलाई प्रकाउ

मोरङ प्रहरीले ठुलोमात्रामा नक्कली नोट कारोबारीलाई प्रकाउ

विराटनगरर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली नोटसहित दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
निर्वाचनको मौका छोपि नक्कली नोटको कारोबार गर्ने विराटनगर–६ का २२ वर्षीय संगीत महतो र विराटनगर–७ का २१ वर्षका सुमन तालाङ्गीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले निर्बाचन पछाडिको यो सफलता पाएको छ । नेपाल बिभिन्न अपराधिक काम गर्ने ट्र्रन्जिट पोइन्ट हुन गइरहेको अबस्थामा यो सफलताले ठुलो ग्रिरोहलाई धक्का लाग्न सक्छ । प्रहरीले महतोको साथबाट ५ सय दरका १ सय ५० थान ७५ हजार रुपैयाँ र तालाङीको साथबाट ५ सयदरकै १ सय ९८ थान ९९ हजार रुपैया नक्कली नोट बरामद गरेको आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
पछिल्लो समय विराटनगरमा पाँच सय एक हजारको नक्कली नोट बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि मोरङ प्रहरीले कडा निगरानी बढाएको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले खोटा चलन मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले नक्कली नोटको कारोबार गरेको आशंकामा महतो र तोलाङीलाई विराटनगर ९ स्थित रघुनाथ पेट्रोलपम्प पछाडिको गल्लीबाट पक्राउ गरेको बताए ।
उनीहरुको शरिर खानतलासी गर्दा उक्त परिणामको नक्कली नोट फेला परेको हो । मोरङमा यति ठूलो परिणाममा नक्कली नोट बरामद गरेको पहिलो पटक हुनसक्ने एसपी भण्डारीले बताए । नक्कली नोटको विषयमा अझै अनुसन्धान जारी रहेको र अन्य गिरोह पनि छिट्टै पक्राउ पर्ने भण्डारीको भनाइ छ । प्रहरीले गिरोह प्रकदै जान्छ तर प्रमुखलाई प्रकाउ आनाकानी गर्दछ किन भने यी समातिएका ब्यक्ति त पात्र मात्र हुन । उनीहरुले रोजीरोटीको लागि सजिलो बाटो अपनाएका हुन । जसले उनीहरुलाई भरीया बनायो, जसले उनीहरुलाई प्रयोग गरयो त्यो ब्यक्ति प्रकाउ नपरेसम्म यो प्रहरीको पुर्ण सफलता भन्न सकिदैन् । तरपनि समाजलाई अगाडि बढाउने जुन काम प्रहरीले गरयो त्यो स्वागत योग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.