विराटनगर÷इष्टर्न कलेज अफ इन्जिनियरिंग विराटनगरका बिद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बिदेशमा पनि लिन पाउने भएका छन् ।
कलेजले प्राबिधिक अनुभव आदानप्रदानका लागि विद्यार्थीहरुको अन्तराष्ट्रिय संगठन (इन्टरनेशनल एसोसियसन फर दि एक्सचेन्ज अफ स्टुडेन्टस फर टेक्निकल एक्सपेरियन्स) नेपालसँग समन्वय गरी आफ्ना विद्यार्थीलाई बिदेश पठाउन थालेको हो ।
अहिले भारत, कोलम्बिया र प्यालेस्टाइनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू इष्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरमा इन्टर्न गरिरहेका छन् । प्राचार्य अमित सुरानाका अनुसार कोलम्बियाका डानियल भेगा साउन पाँच गतेदेखि इन्टर्न गरिरहेका छन् । क्याम्पसको सिभिल तथा इलेक्ट्रिकल र कम्युनिकेशन÷कम्प्युटर विभागमा इन्टर्न गर्न निकट भविष्यमा स्पेनबाट विद्यार्थीहरू आउन लागेको प्राचार्य सुरानाले जानकारी दिनुभयो । यसैगरी प्यालेस्टाइनका बाकर अमिन कायेम बोजेयेह तीन महिनादेखि क्याम्पसमा इन्टर्न गरिरहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयसँग समन्वय गरी इष्टर्न कलेज अफ इन्जिनियरिंग विराटनगरले आफ्ना केही विद्यार्थीलाई अष्ट्रेलिया, प्यालेस्टाइन, कोलम्बिया, स्पेन लगायतका मुलुकमा इन्टर्न अध्ययनका लागि पठाउने तयारी शुरू गरेको छ । करिब तीन महिनमा पहिलो चरणमा विद्यार्थीहरू इन्टर्नका लागि विदेश जाने प्राचार्य सुरानाले बताउनुभयो । प्राविधिक अनुभव आदानप्रदानका लागि विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संगठनसँग ८० राष्ट्रका विश्वविद्यालयहरू आबद्ध छन् । संगठनमा आबद्ध भएका विश्वविद्यालयमा इष्टर्न कलेजले आफ्ना विद्यार्थीहरूलाई इन्टर्नका लागि पठाउन सक्ने प्राचार्य सुरानाको भनाई छ ।
Leave a Reply