प्रजातन्त्रवादी प्राध्यापक संघ आन्दोलित

प्रजातन्त्रवादी प्राध्यापक संघ आन्दोलित

विराटनगर । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाई विराटनगरले निमित्त क्याम्पस प्रमुख प्राध्यापक महेन्द्र नारायण यादव समक्ष १४ बुँदे ज्ञापनपत्र पेस गरेको छ ।
केही दिन अघि सहायक क्याम्पस प्रमुखहरूमा गरिएको नियुक्ती सच्याउनुपर्ने, परीक्षामा भएको अनियमितता सच्याउनुपर्ने, अतिरिक्त पारिश्रमिक भुक्तानी अनियमितता रोक्नुपर्ने, प्राध्यापक आवसगृहको व्यवस्थापन गर्नुपर्ने, आंशिक प्राध्यापकहरूलाई आवश्यकता र औचित्यताको आधारमा करार सेवामा नियमानुसार नियुक्ति गर्न ज्ञापनपत्रमा माग गरिएको छ । क्याम्पसका भौतिक सम्पत्तिको चोरी भइरहेको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले त्यसलाई रोक्न माग गरेको छ । त्यसैगरी क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा छाडा पशु नियन्त्रण गर्नुपर्ने, क्याम्पसमा ढलेका र काटिएका रूखविरुवाको व्यवस्थापन गर्नुपर्ने, क्याम्पसको अतिक्रमित जग्गा संरक्षण गर्नुपर्ने, विज्ञान संकाय तर्फका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीबाट उठाउनुपर्ने करीब १२ लाख रूपैयाँ तत्काल उठाउनुपर्ने, बी.बी.ए. भवन निर्माणको आर्थिक पारदर्शिता सम्बन्धमा छानबीनको प्रकृया स्पष्ट गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संघका उपसभापति डाक्टर विमलकुमार कण्ठ र सचिव सीताराम चम्लागाईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा क्याम्पस प्रमुखलाई सातदिन भित्र जावफ दिन माग गरिएको छ । उक्त मागलाई क्याम्पसले बेवास्ता गरे सशक्त आन्दोलन गर्ने सचिब चम्लागाईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.