गोविन्दराज सिवाकोटीको एकल रचना र गायक कृष्ण भट्टराईको एकल आवाजमा रहेको गीति एल्बमको बिमोचन

काठमाडौं । लामो समयको प्रतीक्षा पश्चात् गोविन्दराज सिवाकोटीको एकल रचना र गायक कृष्ण भट्टराईको एकल आवाजमा रहेको ३ वटा गीत सङ्ग्रहित गीति एल्बमको बिमोचन कार्य सप्पन्न भएको छ ।
डस म्युजिक प्रा.लि.को प्रस्तुतिमा नयाँ बानेश्वरको अर्याल होटलमा सम्पन्न सो कार्यक्रममा बरिस्ट गीतकार रत्न शमशेर थापाज्युको प्रमुख आतिथ्यमा एल्बमको बिमोचन भएको हो, बरिस्ट सङ्गितकार एबम रोयल्टी संकलन समाजका अध्यक्ष शुरेश अधिकारी र गीतकार, कवि तथा गीतकार संघका अध्यक्ष चुडामणिा देबकोटा विशेष अतिथि रहनु भएको सो कार्यक्रममा निजामती क्षेत्रका आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूण्यप्रसाद ढकालको समेत उपस्थिती रहेको थियोे भने सो कार्यक्रमको संयोजन तथा सन्चालन गितकार महेश आचार्यले गर्नु भएको थियो । सो गीति एल्बमका गितहरुमा संगीत संयोजन शंकर थापा “इस्माइल”, अर्जुन पोखरेल र धनु ग्याङ्मी मगरले गर्नु भएको छ।
बिमोचित एल्बम मध्ये “म पनि त ह्यान्डसम छु, तिमी ब्युटिफूल ,कहिलेकाही सानो तिनो भै हाल्छ्नी भुल” भन्ने गीतको म्युजिक भिडियो समेत सार्बजनिक गरिएको छ , सो गीतलाइ शंकर थापा “एस्माइल” ले संगीत संयोजन गर्नु भएको छ भने म्युजिक भिडियोमा चर्चित नायिका बर्षा राउत र मोडेल बिनोद न्यौपानेले अभिनय गर्नु भएको छ । भिडियोको निर्देशन शिषिर खातिले गर्नु भएको हो ।
Leave a Reply