मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलो

मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलो

विराटनगर/ काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगर महनगरमा भएका घरदैलो र कोणसभामा सहभागी भएका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा सरिक भएका हुन् ।
डा.शेखर कोइराला,डां.मिनेन्द्र रिजाल,महेश आचार्य,डा.डिला संग्रौला,अमृत अर्याल,भुटनी देवी खवास लगायतका नेताहरु चुनावी दौडाहामा छन् ।  विहिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनपछी सिहदरवारको अधिकार गाउँमा आउने भएकाले निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गर्नु भएको छ । विराटनगरस्थित केसलिया चोकमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले असार १४ को चुनावले जनतालाई अधिकार सम्पन्न बनाउने दाबी गर्नुभयो ।
बैजनाथपुरको मिलन चौकमा आयोजित चुनावीसभालाई सम्वोधनगदै नेपाली कांग्रेस केन्द्रिय सदस्य महेश आर्चाले सिंगिया नदी केशलिया नदीको किनारलाई व्यवस्थित गरी सफा र सुन्दर नगरीको रुपमा विराटनगरलाई विकास गरिने बताउनुभयो । यसैगरी विराटनगरको मानगढ र पुष्पलाल चौक विहिवारेमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै डाक्टर मिनेन्द्र रिजालले पूँजीवाद र विकासको परिकल्पना काँग्रेसबाट मात्रै संभव हुने बताउनुभयो ।
निर्वाचनसँगै घर घरमा रोजगार र विकासको ढोका खोल्न कांग्रेस अग्रसर भएको बताउनु भयो । आचार्यले नेपाली कांग्रेसका उमेदवारहरुलाई जिताउन समेत आग्रह गर्नुभयो । विराटनगर महानगरका केसलिया,बैजनाथपुरको मिलन चोक,मानगड,अमरटोल,राधाकृष्ण धर्मशाला लगायतका स्थानमा भएका सवै कार्यक्रममा केन्द्रिय नेताहरु डा.शेखर कोइराला,मिनेन्द्र रिजाल,महेश आचार्य,डा.डीला संग्रौला ,अमृत अर्याल,भुटनीदेवी खवास,पुष्कर आचार्य लगायतले चुनावी अभियानलाई तिव्र पारेका छन् । काँग्रेस जिल्लाले तय गरेका सबै कार्यक्रममा मेयरका उमेद्बार भीम पराजुली र उपमेयरकी उमेद्वार इन्दिरा कार्कीले घरदैलो कार्यक्रम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.