‘राजनीति भन्दा माथि उठेर काम गरौं ’– काग्रेस उम्मेदवार फागो

‘राजनीति भन्दा माथि उठेर काम गरौं ’– काग्रेस उम्मेदवार फागो

उर्लाबारी । नेपाली कांग्रेसबाट उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले राजनीतिक स्वार्थभन्दा माथि उठेर नगरको विकासका लागि सक्षम व्यक्तिलाई स्थानीयतह निर्वाचनमा मतदान गर्नुपर्ने बताउनु भएको छ ।
असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनैपनि गढ भत्काउनका लागि नभई विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । उहाँले उर्लाबारीमा कांग्रेसका उम्मेद्वारहरुको साझा अभियान भनेको यहाँका समस्याहरुलाई निराकरण गर्दै जनतालाई राहतको अनुभूति गराउने रहेको बताउनु भयो ।
बुधबार उर्लाबारी–३ स्थित थापा चौकमा आयोजित कोणसभामा बोल्दै उहाँले कांग्रेसलाई अनेक आरोप लगाएर भोट पाउने दिवास्वप्न नदेख्न विपक्षी पार्टीलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी उर्लाबारीको विकास र समृद्धिका लागि लडेका छौं । सक्नुहुन्छ तपाईहरु (अन्य पार्टीहरु) पनि समृद्धिका एजेण्डा लिएर जनतामाझ जानुहोस् ।’सबै पार्टीका कार्यकर्ताहरु पार्टीको नभई उर्लाबारीको चिन्तामा रहेको बताउँदै उहाँले उनीहरु विकास र समृद्धिका लागि योग्य, सक्षम उम्मेद्वार रोज्ने तरखरमा रहेको समेत बताउनुभयो । उहाँले असार १४ गते उर्लाबारीको भविष्य निर्धारण हुने भएकाले मतदानमा जानु अघि आफ्ना सन्ततिको टाउकोमा हात राखेर सक्षम उम्मेद्वारलाई भोट हाल्ने संकल्प गर्न अनुुरोध गर्नुभयो । उहाँले भन्नुभयो ‘दल होइन, काम गर्न सक्ने उम्मेद्वार चुनौं, अनिमात्र हामी र हाम्रो सन्ततिको उज्वल भविष्य रहने छ ।’यस्तै, उपमेयरकी उम्मेद्वार सीता कार्कीले समस्यामा गुज्रिरहेको उर्लाबारीको समग्र विकासका लागि नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको बताउनुभयो । उहाँले महिला तथा बालबालिकाको हक अधिकारका लागि आफ्नो पहल कदमी हुने बताउनुभयो । केन्द्रसम्म पहुँच स्थापित भएकोले आफूहरुले उर्लाबारीको हर किसिमका विकासका लागि योगदान गर्न सक्ने बताउनुभयो । महिला हिंसामैत्री, बालमैत्री नगर बनाउन अहोरात्र खटिने विचार उहाँले राख्नुभयो । यस्तै, वडा नं. ७ मा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेद्वार वीरबल थापाले आफूले विकास निर्माणका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र वडाध्यक्ष भएपछि पनि विकासका कार्यलाई तीब्रता दिने बताउनुभयो । समग्र वडा तथा नगरको विकासका लागि रूख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका
उम्मेद्वारलाई विजयी गराउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

कांग्रेसले बुधबार उर्लाबारी–३ को थापाचौक, मंगलबारे, चन्दने, नयाँमंगलबारे, उर्लाबारी–४ को स्कूलडाँडा, विशाल टोल, उर्लाबारी–७ को बरगाछी र उर्लाबारी–९ को दुर्गापुरीमा कोणसभा गरेको थियो । उर्लाबारी–७ को कार्यक्रममा स्थानीय ३६ जना नेपाली कांग्रेसमा आवद्ध भएका छन् । अमीर तामाङ र गजेन्द्र तामाङको पहलमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुले नेपाली कांग्रेसका उम्मेद्वारहरुले स्थानीय समस्या निराकरणका लागि प्रतिबद्ध रहँदै समाज रुपान्तरणका विभिन्न अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले
उर्लाबारी समृद्ध नगर निर्माणका लागि कांग्रेसमात्रै उपयुक्त पार्टी भएको बताएका थिए । स्थानीय ज्येष्ठ नागरिक डम्बरबहादुर योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा महिला वडा सदस्य पदकी उम्मेद्वार शोभितमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने गजेन्द्र तामाङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.