विराटनगर । विराटनगर महानगरपालिकाका नेकपा एमालेका उमेदवार विनोद ढकाललाई मधेशी समुदायको बाहुल भएको क्षेत्रमा भव्य स्वागत गरिएको छ । आज विहान विराटनगरको बुधनगर क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उहाँलाई स्वागत गरिएको हो । घरदैलो कार्यक्रममा आयोजित कोणसभा र भेटघाटमा बोल्दै ढकालले एमालेले विराटनगरमा मधेशी जनताको हितमा काम गर्ने बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा बनेको सरकारको पालामा मधेशमा पर्याप्त मात्रामा बजेट छु्ट्टाइएको र विकासको काम तिब्र रुपमा अगाडि बढेकाले एमालेलाई मतदान गर्नुपर्ने ढकालले बताउनुभयो ।
उहाँले अहिलेसम्म कांग्रेसले विराटनगरलाई आफ्नो पेवा ठान्दै आएपनि विकासनिर्माणमा कुनै चासो नदिएको बताउनुभयो । विराटनगरका लागि कांग्रेस नै विकास विरोधी भएको टिप्पणी गर्दै उहाँले कांग्रेसले विराटनगरलाई कामत र दिहातका रुपमा मात्र सम्झिएको आरोप लगाउनुभयो ।