उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

दुहबी, सुनसरी । उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले गृहक्षेत्र आउदा बिराटनगर र दुहवी नगरक्षेत्रमा चुनावी गतिविधिमा सरकारी स्रोत साधनको दुरुपयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
केही समय सरकारमा नरहदा भौतारिएका गच्छेदार निकै तनाबमा थिए तर उनी सरकारमा प्रबेश गरेपछि यो दुरुपयोग बढेको हो । सरकारमा गए पछि पहिलो पटक बिराटनगर आउदा स्थानीय निकायलाई फोन गरी स्वागतमा धेरै भन्दा धेरै मानिसहरु जम्मा गर्न उर्दी नै गरेका स्थानीय बिकास मन्त्रि गच्छदारले फेरी चुनाबमा सरकारी साधन स्रोतको ब्यापक दुरुपयोग गरेका छन् । प्रहरीको स्कर्टिङमा चुनावी प्रचारमा हिँडेर आचारसंहिता उल्लङ्घन गरेको भन्दै बिहीबार निर्वाचन अधिकृतको कार्यालय दुहवीमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको हो । उजुरीमा मन्त्री गच्छदारले चुनावी गतिविधिमा आर्थिक चलखेलसमेत गरेकोले सो क्रियाकलाप रोक्न माग गरिएको छ ।
सुनसरीका आचारसंहिता अनुगमन अधिकृत राम चरित्र मेहताले मन्त्री गच्छदारसँग कुरा भएको र उनले बुधबार साँझ आफ्नो निवासमा आएको तर यस्तो कुनै क्रियाकलाप नगरेको स्पष्ट पारेको बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *