गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग–महासचिव पोखरेल

गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग–महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग गरेको दाबी गरेका छन् । प्रेस चौतारी मोरङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेको दाबी गरेका हुन् ।
विराटनगर महानगरका एमाले मेयर उम्मेदवार विनोद ढकालको चुनावी अभियानमा बिहीबारदेखि संलग्न पोखरेलले भने– ‘तपाईँहरुले थाहा पाउनुभयो भएन, गृहमन्त्रीले मोरगं पथरी गाउ पालिकामा गएर प्रहरी चौकी बनाइदिन्छु भन्दै भाषण गरे ।’ उनले गृहमन्त्रीले भद्दा ढंगले आचारसंहिता उल्लङ्घनमा लागेको बताए । बुधबार पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी हुन सरकारी रकम खर्चिएर विराटगर आइपुगेका गृहमन्त्री जनार्दन शर्मा बिहीबार बिहान सुन्दरहरैंचा र रंगेलीमा गएर चुनावी कार्यक्रममा सहभागी भएका थिए । उनी माओवादी केन्द्र कटहरीले आयोजना गरेको एउटा कार्यक्रममा सोही दिन बेलुका सहभागी थिए ।

एमाले महासचिव पोखरेलले आचारसंहिताको कार्यान्वयनमा आयोगको भूमिका नदेखिएको भन्दै आयोग ‘कसैको लाचार छायाँ’ बन्न नहुने टिप्पणी गरे । उनले सरकारले निर्वाचनसँग निर्वाचन मिति तोक्ने अधिकार भएपनि त्यसको दुरुपयोग गर्दै मिति सारिरहनु गैरजिम्मेवारी भएको आरोप लगाए । ‘सरकारले निर्वाचन टार्न नसकेपछि पटक–पटक सारेको हो ।’

उनले सरकारले सचिवको हेरफेर, द्वन्द्वपीडितका नाउँमा आचारसंहिता विपरीत ६ अर्ब रुपैंया निकासा गरेर आचारसंहिताको खिल्ली उडाएको बताए । प्रदेश नम्बर १ को चुनावी आकांडाबारे जवाफ दिंदै नेता पोखरेलले पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणमा एमालेले बढी सिट जित्ने जिकिर गरे । वर्तमान आवश्यकताका आधारमा फोरम लोकतान्त्रिकसँग सहकार्य गरिएको पनि स्पष्ट पारे । स्थानीय स्तरमा जनताको भावना र आबश्यकता अनुसार नै चुनाबको तालमेल भएको हो तसर्थ हिजो के भए के भयो त्यो कुरा हैन् बर्तमानलाई हेरेर सहकार्य गर्नु नै राम्रो हो–महासचिब पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.