पुष्पलाल चोकमा कांग्रेसको सम्पर्क कार्यालय

पुष्पलाल चोकमा कांग्रेसको सम्पर्क कार्यालय

शंकर दाहाल

विराटनगर । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरका उम्मेदवार भीम पराजुलीले संयुक्त रूपमा उद्घाटन गरे । वडा नम्बर ३ अन्तर्गतका मतदातालाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरिएको पराजुलीले बताए । कांग्रेसले नगरसभापति पराजुलीलाई मेयर र इन्दिरा कार्की (इन्दु)लाई उपमेयरको उम्मेदवार बनाएको छ ।
सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता आचार्यले कांग्रेसले मात्रै हिमाल, पहाड र तराईलाई जोड्ने बताए । उनले कांग्रेसकै नीतिका कारण मुलुक अहिलेको अवस्थासम्म आइपुगेको दाबी गरे । एमालेको उग्रराष्ट्रवाद र मधेसवादी केही दलको उग्रमधेसवादले मुलुकलाई कमजोर बनाइरहेको उनको भनाइ थियो । ‘सबै जातजाति, भाषाभाषी र धर्म सम्प्रदायलाई जोड्ने एकमात्रै पार्टी भनेकै कांग्रेस हो,’ आचार्यले थपे, ‘अहिलेको अवस्थामा झनै कांग्रेसको भूमिका महत्वपूर्ण हुनेछ । त्यसका लागि सबै ठाउँमा कांग्रेसले जित्नुपर्छ ।’
सभापति लिम्बूले महानगरसहित विराटनगरका सबै स्थानीय तहमा कांग्रेसले जित्ने दाबी गरे । ‘जितिन्छ भनेर चुप लागेर नबस्नोस्,’ लिम्बूले भने, ‘कम्तीमा असार १४ गतेसम्म थोरै आराम गर्नुहोस् धेरै चुनाव प्रचार गर्नुहोस्, कांग्रेसको जित निश्चित छ ।’
मेयरका उम्मेदवार पराजुली र उपमेयरकी उम्मेदवार कार्कीले आफूलाई मत दिएर जिताउन मतदातालाई आग्रह गरे । त्यस्तै समारोहमा साहित्यकार दधिराज सुवेदी, क्षेत्र नम्बर ६ का सभापति विनोद बस्नेत, ३ नम्बर वडाका सभापति शत्रुघनचन्द्र पौडेल, रामचन्द्र गौतमलगायतले कांग्रेसको जितले मात्रै मुलुकमा आर्थिक विकास, शान्ति, सुव्यवस्था, स्थिरता र सुशासन स्थापना हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.