उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

शंकर दाहाल

बिराटनगर । नेपाली काँग्रेस मोरगंले उर्लाबारी नगरपालिकाको मेयर तथा उपमेयर लगायत ९ वटै वडाका अध्यक्ष सहित सबै सदस्यहरुको नामाबली सहित उम्मेदवारको नाम घोषणा गरेको छ ।
काँग्रेस उर्लाबारी नगर चुनाव प्रचार प्रसार समितिले एक कार्यक्रमबीच पार्टी महासमिति सदस्य ललित अधिकारीले सबै उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । जस अनुसार असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरका लागि खड्ग फागो र उपमेयरमा सीता कार्कीको नाम घोषणा गरिएको छ ।
मेयर पदका उम्मेदवार फागो यस क्षेत्रका सामाजिक व्यक्तित्व हुन् । गरिव तथा विपन्न वर्गका मानिसहरुको उपचारमा सहयोगी भावना प्रकट गर्दै आएका फागो काँग्रेस क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति पनि हुन् । उपमेयरकी उम्मेदवार कार्की नेपाल महिला संघको केन्द्रिय सदस्य हुन् । उनी महिला हकहितका विषयमा आवाज उठाउँदै आएकी छन् । महिला राजनीतिबाट सक्रिय थापा मोरङमा प्रभावशाली नेतृका मानिन्छिन् ।
काँग्रेसले उर्लाबारी – १ नम्बर वडाको अध्यक्षमा गोबिन्द्रप्रसाद भट्टराईलाई उम्मेदवार बनाएको छ । महिला सदस्यमा सीतादेवी थम्सरा लिम्बू, दलित महिला सदस्यमा कृष्णकुमारी रसाईली, खुल्ला सदस्यमा सरन लामा र यामकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । यस्तै उर्लाबारी–२ नम्बर वडाको अध्यक्षमा राजन कँडेल,महिला सदस्यमा बानु सुब्बा,दलित महिला सदस्यमा फुलसरी विश्वकर्मा,सदस्यमा मेखबहादुर धिमाल र बाबुराम श्रेष्ठ उम्मेदवार रहेका छन ।
उर्लाबारी–३ नम्बरको अध्यक्षमा गञ्जबहादुर कार्की,महिला सदस्यमा तुलशा घिमिरे,दलित महिला सदस्यमा सम्झना मोते(महत),सदस्यमा सोमप्रसाद घिमिरेको उम्मेदवार रहेका छन । यसैगरी उर्लाबारी–४ नम्बरको अध्यक्षमा सर्वजीत भण्डारी,महिला सदस्य अरुणा थापा,दलित महिला सदस्यमा सुनिता गहतराज,सदस्यमा चन्द्रजीत फोम्बो र कल्याण राईको उम्मेदवार रहेका छन । उर्लाबारी – ५ नम्बरको अध्यक्षमा भानुभक्त शर्मा पराजुली,महिला सदस्य देवीकला राई,दलित महिला सदस्यमा रामकुमारी विक,सदस्यमा तुलबहादुर थापा (रोहित) र सुकदेव पोद्दारको उम्मेदवार रहेका छन् ।
उर्लाबारी – ६ नम्बरको अध्यक्षमा चिन्तामणी पौडेल,महिला सदस्यमा दुर्गावती लिम्बू,दलित महिला सदस्यमा सरिता महरा,सदस्यमा सचिन शाक्य र अम्बिका तामाङको उम्मेदवार रहेका छन् ।
यस्तै, उर्लाबारी – ७ नम्बरको अध्यक्षमा वीरबल थापा,महिला सदस्यमा शोभितमाया तामाङ,दलित महिला सदस्यमा मञ्जु परियार,सदस्यमा छत्रबहादुर कार्की र सन्तोष निरौलाको नाम घोषण गरेको छ । उर्लाबारी – ८ नम्बरको अध्यक्षमा सुरेश अधिकारी,महिला सदस्यमा निर्मला पराजुली,दलित महिला सदस्यमा झरना बर्देवा,सदस्यमा मेदनीप्रसाद चिमरिया र भरतकुमार बस्नेतलाई कांग्रेसले उम्मेदवार बनाएको छ भने उर्लाबारी – ९ नम्बरको अध्यक्षमा समिर तुम्बाहाम्फे,महिला सदस्यमा साबित्रा बस्नेत,दलित महिला सदस्यमा मनमाया दर्जी,सदस्यमा माधवप्रसाद सुबेदी र सदस्यमा रुद्र सुब्बा उम्मेदवार रहेका छन ।
नेपाली काँग्रेस नगर कार्यबाहक सभापति बाबुराम बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रिय समितिका सल्लाहकार तेजकुमार रिजालको स्वागत मन्तब्य राखेका थिए । उक्त घोषणा सभामा जिल्ला सदस्य प्रकाश खड्गी,नेपाल महिला केन्द्रिय सदस्य शोभा पाुलुङ्वा,महाधिवेशन प्रतिनिधि भीमलाल गहतराज लगायतको आतिथ्यता रहेको थियो । बाक्लो कार्यकताका उपस्थितीका बीच कार्यक्रमको सञ्चालन काँग्रेस उर्लाबारीका नगर सचिव विष्णु गुरागाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.