विराटनगर । नेपाली काँग्रेसले मोरङको विराटनगर महानरपालिकामा भीम पराजुलीलाई मेयर पदमा उठाउने निर्णय गरेको छ । यसै गरी इन्दु कार्कीलाई उपमेयरमा उठाउने निर्णय केन्द्रीय समितिले निणर्य गरेको हो ।
पराजुली पार्टीका नगर सभापति हुन् । भने उनले महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघबाट राजनीति आरम्भ गरेका थिए । उनी युवा पुस्ता माझ निकै लोकप्रिय नेता मानिन्छन् । महेन्द्र मोरङ क्याम्पसको स्ववियूमा नेतृत्व गरेर नगर सभापतिमा दुई पटक निर्वा्चित भएका पराजुलीले यस पटक महानगरपालिका बन्ने बितीकै टिकट पाएका हुन् । तसर्थ उनी भाग्यमानी नेताका रुपमा चित्रण हुन थालेका छन् । उपमेयरकी उम्मेदवार कार्की महिला संघको नेतृत्व हुँदै काँग्रेसमा राम्रो छवि बनाएकी नेत्री हुन् । काँग्रेसले मोरङका अन्य स्थानीय गाउपालिका, नगरपालिका र महानगरपालिकाको सबै पद तथा वार्डहरुको समेतको प्रतिनिधी छनौट गरेको छ ।
पराजुली केन्द्रीय सदस्य शेखर कोइराला निकटका हुन् । कोइरालाले पराजुलीलाई उम्मेदवार नबनाए आफू अनसन बस्ने चेतावनी समेत दिएका थिए ।
मेयरको उम्मेदवारका लागि सांसद एवं केन्द्रीय सदस्य अमृत अर्यालको नाम पनि आएको थियो । अर्यालले मोरङका तीन नेता शेखर कोइराला, महेश आचार्य र मिनेन्द्र रिजालको समर्थन भए मात्र उम्मेदवार हुुने बताएका थिए । तर, आफ्नो गुटको उम्मेदवार बोेकेर बसेका नेताहरुले अर्यालको सर्त मानेनन् । राम्रो र सबैको आशाका केन्द्र बनेका अमृत अर्यालले अन्तमा आएर इच्छा राखे पनि त्यत्रो ठुलो लबि नगरेको स्रोतको दाबि छ । सांसद पद छोडेर चुनाबमा जांदा संसद भवनमा एक संख्या घटने भएको हुदां पनि केन्द्रीय समितीले अमृत अर्याललाई चुनाबमा जान सल्लाह दिएका थिएन भने अर्याल आफै पनि शुरु देखि बिराटनगर महानगरपालिकाको मेयर पदमा अनिच्छा जाहेर गर्दे आएका थिए ।
Leave a Reply