२६ लाख ७४ हजार ५५७ मतदाता भएको प्रदेश नं १ को चुनाबी तिब्र, सब भन्दा कम मतदाता तेह्रथुम जिल्ला

२६ लाख ७४ हजार ५५७ मतदाता भएको प्रदेश नं १ को चुनाबी तिब्र, सब भन्दा कम मतदाता तेह्रथुम जिल्ला

अबिजाल बिष्ट,  मोरङ । पुर्वाञ्चलका धेरै जिल्लालाई हेर्ने गरी कार्यालय सन्चालनमा आएको क्षेत्रीय निर्बाचन  कार्यालय बिराटनगरले  आगामी असार १४ गते हुने स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार प्रदेश नं १ मा रहेका १४ जिल्लाका १३७ गाउँपालिकामा स्थानिय निर्वाचन हुनेछ ।

पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार कोसी पूर्वका १४ जिल्ला समेटिएको प्रदेश नं १ मा तीन उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका छन् । ती स्थानीय तहमा एक हजार १५७ वडा छुट्याइएको छ ।

असार १४ गते हुने निर्वाचनका लागि २६ लाख ७४ हजार ५५७ मतदाताको नामावली प्रकाशित गरिएको छ । एक हजार ८६२ मतदानस्थल रहेको प्रदेश नं १ मा तीनहजार ४६० मतदान केन्द्र तोकिएको छ ।

यस प्रदेश अन्तर्गत मोरङ जिल्लामा एक उपमहानगरसहित आठ गाउँपालिका र आठ नगरपालिका छन् भने १५९ वडा तोकिएको छ । मोरङपछि दोस्रो बढी मतदाता रहेको जिल्ला झापा हो । झापामा पाँच लाख १० हजार २१३ मतदाता छन् । आठ नगरपालिका र नौ गाउँपालिका रहेको झापा जिल्लामा १३१ वडा विभाजन गरिएको छ । त्यस्तै, दुई उपमहानगरसहित छवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको सुनसरी तेस्रो बढी मतदाता भएको जिल्ला हो । १२४ वडा रहेको सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता छन् ।

प्रदेश नं १ मा रहेका जिल्लामध्ये सबैभन्दा बढी मोरङ जिल्लामा पाँच लाख ६३ हजार ८७० मतदाता रहेका छन् । त्यसैले मतपत्र गनेर प्याक गर्ने काम धमाधम भइरहेको मोरङका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताउनुभयो ।

यसै गरी संसद्को ठूलो पार्टी कांग्रेसले पनि उम्मेदवार घोषणा नै नगरी चुनावी प्रचार सुरु गरेको छ । कांग्रेस जिल्ला अध्यक्ष तथा सांसद डिकबहादुर लिम्बूले महानगरपालिका निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ परेकोले क्षेत्रहरुले उम्मेदवारको लागि गहन छलफल गरिरहेको  र जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका केराबारीमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत उमेदवार चयन गरी क्षेत्रीय कार्य समितिमा सिफारिस गरिएको बताएका छन् ।

महानगरपालिका घोषणा भए पछि नेपाली कांग्रेसबाट महानगरको उम्मेदवारमा सांसद अमृत अर्याल, पार्टीका केन्द्रीय सदस्य डिला संग्रौला र नगर सभापति भीम पराजुलीको चर्चा छ । अहिले महानगरपालिकालगायत जिल्लास्थित १७ वटै तहमा पार्टी र चुनाव चिह्नको प्रचार प्रसार अभियान सुरु गरिएको अध्यक्ष  लिम्बू   बताए ।

यस्तै, एमालेले पनि उम्मेदवारबिना नै घरदैलो अभियान सुरु गरेको छ । एमालेले पनि उम्मेदवार घोषणा नै नगरी चुनावी प्रचार प्रसारमा जुटेको हो ।  एमाले नगर कार्यसमितिले उम्मेदवारको आकांक्षी अत्यधिक भएकोले केहीको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ । उपप्रमुखमा विमला घिमिरे, सावित्रा रेग्मी र शिल्पा कार्कीको नाम सिफारिस गरिएको छ । यस्तै, माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिका हुँदा नै घोषणा गरेको उम्मेदवारहरुले प्रचार प्रसार अभियानलाई थालेको छ । माओवादीले प्रमुखमा भोगेन्द्र यादव र उपप्रमुखमा नमिता न्यौपानेको नाम घोषणा गरेर प्रचार प्रसारलाई तीव्रता दिएको छ ।

अब लागौ पुर्वाञ्चलका अन्य जिल्ला तिर । के अबस्था छ र कति मतदाता संख्या छ त्यो बारे बिश्लेषण गरौ । 

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार सबैभन्दा कम तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् । ९५ हजार ३६७ मतदाता रहेको धनकुटा जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।

त्यस्तै, एकलाख ८९ हजार २७४ मतदाता रहेको इलाम जिल्लामा १० वटा स्थानीय तह छन् जसमा चार नगरपालिका र छवटा गाउँपालिका छन् । ९६ हजार ६५७ मतदाता रहेको सङ्खुवासभा जिल्लामा १० वटा स्थानीय तह छन् । ७६ वटा वडा रहेको सङ्खुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।

यसैगरी, तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् भने दुई नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा ४३ वडा छन् । आठवटा स्थानीय तह रहेको पाँचथर जिल्लामा एक लाख १६ हजार ६२६ मतदाता छन् । एउटा नगरपालिका रहेको पाँचथर जिल्लामा ६० वटा वडा तोकिएको छ ।

त्यस्तै, एक नगरपालिकासहित आठवटा स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा ७० हजार ७७८ मतदाता छन् । सो जिल्लामा ६१ वडा निर्धारण गरिएको छ । नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा एकलाख पाँच हजार ५५३ मतदाता रहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका तोकिएको भोजपुरमा ८१ वटा वडा रहेका छन् ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको सोलुखुम्बु जिल्लामा ६१ हजार ७४६ मतदाता रहेका छन् । सोलुखुम्बुमा ५२ वटा वडा विभाजन गरिएको छ । ९१ हजार ५०८ मतदाता रहेको ओखलढुङ्गा जिल्लामा आठवटा स्थानीय तहमा ७५ वटा वडा निर्धारण गरिएको छ भने एक लाख १५ हजार ६४४ मतदाता रहेको खोटाङ जिल्लामा एक नगरपालिकासहित आठवटा स्थानीय तह छन् ।

यसैगरी, एकलाख ७५ हजार ४६१ मतदाता रहेको उदयपुर जिल्लामा चार नगरपालिका र चार गाउँपालिकामा ७५ वटा वडा विभाजन गरिएको छ । चुनावको सबै तयारी पूरा भएपनि पटक पटक चुनाव सर्दा चुनाव हुने वा नहुने भन्ने अन्योल कायमै रहेपनि मुलुकको विकासका लागि चुनाव गराउनैपर्ने सर्वसाधारणको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.