रंगेलीमा अबैध सामान बरामत

रंगेलीमा अबैध सामान बरामत

रबिन्द्र बराल

रंगेली ,मोरङ   । भारत बाट अबैध रुपमा भन्सार छलि नेपाल भित्राउदै गरेको सामान प्रहरीले बरामत गरेको छ ।
ईलाक प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेको विभिन्न प्रहरी चौकी हरुले सीमा नाका र एरिया बाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप कारवाही स्वरुप विभिन्न समयमा फरक फरक नाकाबाट खटिएको प्रहरी टोलीले विभिन्न सामान हरु बरामद गरिएको छ ।
भारत बाट नेपाल भित्र्याउन लागेको हिरो साईकल थान–४, टेबल पंखा थान–१०, सिलिङ पंखा थान–५, केबल फ्रि च्यानल सेट थान–५, प्रेसर कुकर थान–५, पानी तान्ने मोटर थान–२, खेसरी दाल १०० के.जी., लत्ता कपडा, फलामका सकेट तथा लुगा धुने साबुन लगायतका गरि अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरी बिराटनगर स्थित भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरी जनाएको छ ।
त्यसैगरी मोरङको ,दर्बेशा,बयरवन, अमरदह लगायतका स्थानहरुबाट रंगेली तर्फ ल्याउदै गरेको अन्दाजी १ सय ५० लिटर अवैध घरेलु मदिरा समेत पक्राउ गरि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको.ईलाका प्रहरी कार्यलयका प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *