केराबारीमा काग्रेसको उम्मेदवार सर्बसम्मत

केराबारीमा काग्रेसको उम्मेदवार सर्बसम्मत

अबिजाल बिष्ट

बिराटनगर । मोरङकै सबैभन्दा ठूलो क्षेत्रफल भएको केराबारी गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्षपदमा सर्वसम्मत उमेदवार चयन गरेको छ ।
काँग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख रोहित कार्कीलाई सर्वसम्मत अध्यक्षको रुपमा सिफारिस गरिएको छ । कल्पना राई कटुवाल महिला उपाध्यक्षमा सर्वसम्मत उमेदवारमा सिफारिस गरिएको छ । अध्यक्षको दौडमा तिलक मगर, प्रकाश बस्नेत, बिर्ख थापा, नरबहादुर लिम्बू, गजेन्द्र भण्डारी र शिव थापा पनि थिए तर बाँकी ६ जनाले कार्कीलाई नै सर्वसम्मत बनाउन सहमति जनाएका हुन ।
दशवटा वडा भएको केराबारी गाउँपालिकामा १७ हजार ५ सय मतदाता छन । यो जिल्लाकै ठूलो गाउँपालिका हो । गाविसको जनसंख्यापनि अन्यको तुलनामा धेरै छ । काँग्रेसले केराबारीका सबै वडामा सर्वसम्मत उमेदवारको नाम जिल्लामा सिफारिस गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.