बिमान शनिबार र मंगलबार कम दुर्घटना

बिमान शनिबार र मंगलबार कम दुर्घटना

बिराटनगर । बिमान दुर्घटनाको तथ्यांकबाट शनिबार र मंगलबार अन्य बारको तुलनामा कम दुर्घटना भएको छ । विगतका १० वटा विमान दुर्घटनाको रेकर्ड हेर्दा शनिबार एउटा पनि दुर्घटना नै नभएको देखिन्छ । मंगलबार दुईवटा दुर्घटना भएको देखिन्छ ।

सबैभन्दा बढी दुर्घटना आइतबार ४ वटा भएको तथ्यागं छ । जबकि ज्योतिषशास्त्रका हिसाबले आइतबार र बुधबार यात्राका लागि शुभ बारहरु हुन् ।
शनिबार र मंगलबार यात्रा गर्दा अशुभ हुन्छ भन्ने अन्धविश्वास अझै पनि नेपाली समाजमा बाँकी छ । यसबाट विमान कम्पनीसमेत प्रभावित बन्दै आएका छन् ।

गत मंगलबार बुद्ध एयरमा भैरहवासम्मको टिकट २६ सय रुपैयाँमा बेच्यो । जबकि अन्य दिनमा भने सो टिकट ३९ सय रुपैयाँ बेचिन्थ्यो ।
बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार बिराटनगर, भद्रपुर र भैरहवाको उडानमा शनिबार र मंगलबारले प्रभाव पार्ने गरेको छ । उनले भनिन् ‘शनिबार र मंगलबार यात्रा गनृ नहुने धार्मिक मान्यताका कारण भद्रपुर, बिराटनगर र भैरहवा जस्ता स्थानमा यात्रु कम हुने गरेका छन् ।’

सौर्य एयरलाइन्सका मार्के्टिङ प्रमुख मुकेश खनालका अनुसार सो एयरलाइन्समा पनि भद्रपुर र बिराटनगरको उडानमा शनिबार र मंगलरबार यात्रु कम हुने गरेका छन् । विशेषगरी लोअर क्लास सिटमा यात्रु कम हुने गरेको उनले बताए ।
अन्य दिनको तुलनामा शनिबार र मंगलबार यात्रु निकै कम हुने विमान कम्पनीहरुको भनाइ छ । यी दुई दिनमा यात्रु तान्नका लागि कम्पनीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा चल्ने गरेको छ ।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले शनिबार र मंगलबार अन्य दिनको तुलनामा यात्रुहरु कम हुने गरेको स्वीकार गरे । यात्रु कम भएपछि मूल्यमा सोझो असर पर्ने उनको भनाइ छ । यात्रुहरु कम भएपछि मंगलबार र शनिबार विमान कम्पनीहरुले भाडा घटाउँछन् र यसको फाइदा बाठा यात्रुहरुले लिन्छन् । उनीहरु पर्खेर भए पनि शनिबार र मंगलबार यात्रा गर्ने गरेको विमान कम्पनीहरुको भनाइ छ ।

दुर्गम तथा हिमाली क्षेत्रका विमानमा भने हप्तैभरि पर्यटकको बढी घुईंचो हुने गरेको छ । उनीहरु बार हेरेर बिमान चढ्दैनन् । यसैले गर्दा ती क्षेत्रका उडानलाई यी दुईवटा बारले खासै प्रभावित गर्दैन र भाडा पनि घटाउनुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.