दधिराज सुवेदी राष्ट्रिय पुरस्कारबाट २ जना सम्मानित

दधिराज सुवेदी राष्ट्रिय पुरस्कारबाट २ जना सम्मानित

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी हरिबहादुर थापा र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ ।

पुरस्कृत थापा कान्तिपुर दैनिकका समाचार सम्पादक हुन । उनलाई भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका बिरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको हो । अढाई दशक भन्दा बढी समय पत्रकारिता गर्नुभएका थापाका आधा दर्जन बढी पुस्तक प्रकाशित छन् । पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ रहेको छ ।
त्यसैगरी प्रतिष्ठानले प्राध्यापक डाक्टर भट्टराईलाई नेपाली भाषा र साहित्यमा उल्लेखनिय कार्य गरेको भन्दै पुरस्कृत गरिएको हो । समालोचना, कविता, उपन्यास, वाल साहित्य लगायतका विधामा दुई दर्जन बढी पुस्तक प्रकाशित गर्नुभएका भट्टराई प्राध्यापन पेसामा हुनुहुन्छ । पुरस्कारको राशी ५१ हजार रूपैयाँ नगद रहेको छ ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले १५ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी भाषा साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने एक जना श्रष्टा र पत्रकारिता क्षेत्रमा अतुलनिय कार्य गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.