नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस मोरङ जिल्ला सम्मेलनको उदघाटन सत्रको समापनमा बोल्दै उहाँले भन्नुभयो “ विराटनगरलाई कुनै पनि हालतमा महानगर बन्छ, हामी महानगर बनाएरै छाड्छौं। ”
उहाले संसदमा ल्याइएको संशोधन प्रस्तावले मधेशी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ । सभापति देउवाले विभिन्न शक्ति मधेश, पहाड र हिमाललाई विभाजन गरेर एक आपसमा अविश्वास र विखण्डनको स्थीति सृजना गर्न लागिपरेको स्पष्ट पार्नुभयो । उहाले विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
तोकिएको समयमै स्थानिय निकायको निर्वाचनका लागि एकजुट हुन उहाले आग्रह समेत गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, अमृत अर्याल लगायतले विराटनगरलाई महानगरपालिका बनाउने बिषयलाई शिघ्रता दिनुपर्नेमा जोड दिएका थिए।
मोरङ कांग्रेसका सभापति डिग बहादुर लिम्बुले स्थानिय निकायको निर्वाचनका लागि तयार रहन आग्रह गर्नुभयो । कार्यक्रममा अधिकांस नेताहरुले स्थानिय निकायको निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।