बिराटनगर । कोशी प्रदेशकै नाम चलेको र सबै अबिभावकहरुले रुचाएको अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरले कक्षा १२ को अध्ययन पुरा गरेका र फाइन परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई बिदाइ गरेका छन् ।
अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगर–१० ले भव्य बिदाइ कार्यक्रम आयोजना गरेर १ हजार भन्दा बढी विद्यार्थीहरूलाई बिदाइ गरेका छन् । अरनिको आवासीय माध्यमिक विद्यालयमा विज्ञापन संकाय तर्फका ९ सय ३३ र व्यवस्थापन संकाय तर्फका ७२ गरी १ हजार ५ जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।
अरनिको आवासीय माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकाश खनाल, सञ्चालक निलम अधिकारी, डा. भविन्द्र निरौला, उमेन्द्र विलाश लुईंटेल, भरत दाहाल लगायत विद्यालयका शिक्षक र शिक्षिकाहरू विद्यार्थी बिदाइ कार्यक्रममा सहभागी थिए ।
कार्यक्रम संयोजक विकाश खनालले अरनिको आवासीय माध्यमिक विद्यालय र विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धि विद्यार्थी बिदाइ कार्यक्रममा सार्वजनिक गरेका थिए ।