काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले प्रमुख दुई सत्तारुढ दल नेपाली कांग्रेस र एमाले बिचका कुरा संयन्त्रकै बैठकमा राख्नु पर्ने बताउनुभएको छ ।
सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय बाहिर राख्ने भन्दा पनि त्यहीँ भित्र राख्नु पने उहाँको धारणा छ । आन्दोलनरत शिक्षकका मागका विषयमा पनि बाहिर कुरा गर्ने भन्दा पनि संयन्त्रमा नै छलफल गर्न उहाँले सुझाव दिनुभएको छ ।
भोली संयन्त्रको बैठक बस्ने जानकारी दिँदै उहाँले सबै विषयको छलफल त्यहीँ भित्र गर्न सुझाउनु भएको छ । ‘भोली बैशाख ३ गते ५ बजे बस्ने संयन्त्रको बैठकले आन्दोलनरत शिक्षकका मागका बारेमा छलफल गरोस्, सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रका सदस्यहरूले आफ्ना विषय त्यहीँ छलफल गर्नु राम्रो हुन्छ’, सुझाव छ ।