विराटनगरलाइ महानगर बनाउने कांग्रेसको प्रस्ताव अन्तिम चरणमा

विराटनगरलाइ महानगर बनाउने कांग्रेसको प्रस्ताव अन्तिम चरणमा

विराटनगर । सय वर्षभन्दा पुरानो नगर विराटनगरलाई महानगरपालिका बनाउन नेपाली कांग्रेसले थालेको औपचारिक प्रस्ताव अन्तिम चरणमा रहेको छ ।
काँग्रेसको नगर सम्मेलनमा स्थानीय निकाय पुर्नसंरचनामा विराटनगर महानगरपालिका हुन नसकेको असन्तुष्टिहरुका विच सम्मेलनले  महानगर बनाउन प्रस्ताव पारित पहल सुरु गरेको हो ।
सम्मेलनले विराटनगरको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गर्ने तथा जारी एशियाली विकास बैंक ऋण सहयोगको सडक तथा ढल निर्माण परियोजनालाई समयमै पूरा गर्न दबाब दिने प्रस्तावलाई समेत अघि बढाएको छ ।

कांग्रेस नगर सभापति भीम पराजुली भन्नुहुन्छ ,‘एक सय वर्षभन्दा पुरानो नगर महानगरपालिका नबनेकोले यो अभियानको पहल कााग्रेसले नै गर्नुपर्छ भनेर प्रस्तावकै रुपमा पहल थालिएको हो ।’ नगर सम्मेलनले नगर तथ गाउामा लोकप्रिय नेतालाई टिकट दिने प्रबन्ध गर्न पनि प्रस्ताव गरेको छ । अहिलेकै अवस्थामा पनि विराटनगर महानगरपालिका बन्न सक्ने सहभागि मोरङका कांग्रेस सांसद तथा नेताहरुले बताएका थिए  ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *