मोरङ ।  मोरङ, झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

चैत्र ०२ गते विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धनकुटा शहिदभूमी गाउँपालिका-४ का ३१ बर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-२ का २५ बर्षीय दिपक तामाङ, २६ बर्षीय मनिस तामाङ, २० बर्षीय रोहन निरौला, २६ बर्षीय मानब लिम्बुलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैया सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका-४ का अभिषेख साहलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।