विराटनगर । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । उनको मुद्दामा रूपन्देही जिल्ला अदालतमा आज थुन छेकको लागि बहस हुने छ। लामिछाने कार्यालय समयमै अदालतमा पुगेका छन् ।
लामिछानेको थुन छेक बहस रूपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा हुनेछ। यस बहसमा रूपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल र सह–न्यायधिबक्ता गोकर्ण घिमिरे लगायतले बहस प्रस्तुत गर्नेछन् । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र बरिष्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने बताईएको छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा रुपन्देही अदालतमा आइतबार पूरक मुद्दा दर्ता भएको थियो। यस घटनामा लामिछाने, छविलाल जोशी, जीबी राई लगायत ४२ जना व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ।