यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा विराटनगर प्रदान गर्नुपर्छ भन्ने उद्देश्य आफूहरुको रहेको बताउनुभयो । यसका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार तयार गरिएको बताउनुभयो । उहाँले शैक्षिक ज्ञानसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि उसैगरी लगानी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘एउटा विश्वस्तरीय शैक्षिक संस्थामा हुने सम्पूर्ण वातावरण हामी हाम्रो विद्यालयमा होस् भन्ने चाहन्छौं, त्यसका लागि हामी प्रयत्नशील छौं । चाहे त्यो शैक्षिक वातावरणका लागि होस् चाहे सर्वाङ्गीण विकासका लागि ।’ उहाँले पटक–पटक सरकारबाट राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गरेर र विभिन्न संघ संस्थाहरुबाट दर्जनौं सम्मान प्राप्त गरेर आफ्नो उत्कृष्टता प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रो स्तर अब्बल बनाउन हरेक दिनजसो नयाँ–नयाँ विषयहरु अवलम्बन गर्दै आएका छौं, युग सापेक्ष कम्प्युटरको ज्ञान होस् भन्न बेलायतको कोर्ष डीजी स्कुलसँगको सहकार्य होस्, भारतको नयाँ दिल्लीमा सफल अभ्यास गरेको ह्याप्पीनेस करिकुलम नै किन नहोस्, यस्तै आफ्ना विद्यार्थी नैतिक वान बनाउन आफ्नै पाठ्यक्रम देखि बालबालिकालाई अन्वेषण तथा आविष्कारमा लगाउन कारखानासँग सहकार्य गर्दै आएका छौं ।’
यसको अलवा अतिरिक्त कृयाकलाप अन्तर्गत खेलकुदका विभिन्न क्षेत्रहरूका प्रशिक्षकबाट नियमित प्रशिक्षण गराउँदै आएको एभरेष्टले खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरु बिच स्पर्धा गराउँदैछ । करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिनेछन् । खेलकुद सप्ताहको उद्घाटनका दिन विद्यार्थीहरुले विभिन्न खेल कौशलहरु प्रस्तुत गरे भने संगीत र नृत्य प्रस्तुत गरेर अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाए । स्काउटको मार्च पास, तेक्वान्दो र कराँतेका विभिन्न कौसलले उपस्थित सबैको ध्यान आकृष्ट गरायो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका प्रमुख दामोदर गुरागाईं, विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख जीवन गड्तौला, प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्याब्सन विराटनगर महानगरका अध्यक्ष अर्जुन श्रेष्ठ उपस्थिति रहेको थियो ।