विराटनगरलाई महानगरपालीका बनाउन पहल गर्छु: गृहमन्त्री निधि

विराटनगरलाई महानगरपालीका बनाउन पहल गर्छु: गृहमन्त्री निधि

गृहमन्त्री विमलेन्द्र निधिले विराटनगरलाई महानगरपालीका बनाउने विषयमालाई आफु जुटेर सार्थक तुल्याउने बताउनुभएको छ।
विराटनगरमा आयोजित न्यूसृष्टि दैनिकको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाले विकासको केन्द्र बन्दै गएको विराटनगरलाई महानगरपालीका बनाउने विषयमा आफु जुटेर सार्थक तुल्याउने बताउनुभएको हो ।

उहाले स्थानिय निकायको निर्वाचनमा सवै जनता उत्साहित रहेको भन्दै मधेसी मोर्चा समेत सहभागि हुने बताउनुभयो। कार्यक्रममा समाजमा विभिन्न योगदान पुर्याएका विराटनगरका समाजसेवीहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा रानुदेवी अधिकारी न्यू सृष्टि दैनिक कला पुरस्कार दीपाश्री निरौला लाइ, महेन्द्र गोल्छा न्यू सृष्टि दैनिक स्पेशल औद्योगिक अवार्ड रवि केसीलाई र केशवप्रसाद कोइराला न्यू सृष्टि दैनिक सामाजिक सेवा पुरस्कार महेष जाजुलाई प्रदान गरिएको थियो । साथै निरौलालाई ९ हजार ९ सय ९९, केसीलाई २१ हजार २१ र जाजुलाई ११ हजार १ सय ११ रुपैया प्रदान गरिएको थियो ।

यस्तै विशेष सम्मानबाट ऋषि  धमला, अविजाल विष्ट सम्मानित भएका थिए । यस्तै रामानन्द जाजु/हरप्यारीदेवी जाजु छात्रबृत्ति श्रीगुरुकुल स्कुलका विद्यार्थी समीर वस्नेत र राजदेव उरावलाई प्रदान गरिएको थियो । यस पटकको सरकारी सेवातर्फ मेन अफ दी इयर नेपाल प्रहरीका नायब महानिरिक्षक केशरीराज घिमिरे र नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल प्रमुख ओमप्रकास राठीलाई प्रदान गरिएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *