Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
  • अर्थ वाणिज्य
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न

विराट खबर 11 months ago 0 comments
jhapa longest bridge

विराटनगर । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको छ । सरकारका महत्वपूर्ण आयोजना मध्येको एक ठुलो योजना मानिएको उक्त पुलको निर्माण निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको हो । कै

बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि निर्माण थालिएको उक्त पुलको
गत असार २४ गते शिलान्यास भएको पुलको उद्घाटन ६ महिनाभित्रै बिहीबार उद्घाटन भएको हो । पुलको उद्घाटन झापा क्षेत्र नं. १का सांसद तथा नेपाली कांग्रेसका माहामन्त्र िविश्वप्रकाश शर्माले आज गरेका छन् । टिमाई खोलामाथि निर्माण भएको झोलुङ्गे पुल ४७६ मिटर लम्बाइको छ ।

५ करोड ९८ लाख ८१ हजार ७६१ रुपियाँ ३५ पैसामा थानी जगदम्बा जेभी काठमाडौंले निर्माण सम्झौता गरेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा डेढ वर्ष अगावै निर्माण सम्पन्न भएपछि स्थानीयहरू खुसी भएका छन् ।

सङ्घीय सरकारबाट समयमै पैसा निकासा, स्थानीय तहको सजगता, टेन्डर प्राप्त व्यवसायीको इमानदारी अनि मेहनती श्रमिकहरूको रातदिनको खटाइका कारण निर्धारित समयभन्दा धेरै अगावै योजना सम्पन्न भएको नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य शर्माले बताए ।

९० मेट्रिक टन भारवहन क्षमता रहेको यो झोलुङ्गे पुलले एक पटकमा ६ सय ४७ पदयात्रीको भार थेग्न सक्ने बताइएको छ । बुद्ध शान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पुलले आवतजावतमा सहजता ल्याउनुका साथै पालिकामा नयाँ पर्यटकीय गन्तव्य बनेको बताए । अहिले दैनिक सयौँको सङ्ख्यामा पुलमा फोटो खिच्न र टिकटक बनाउन पर्यटकहरू आउने गरेको उनको भनाइ छ ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
Next: प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

Related Stories

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.