असिना पानीले कृषिबाली नष्ट

असिना पानीले कृषिबाली नष्ट

रविन्द्र बराल , रंगेली (विराटनगर) । मोरङको सुनवर्सि नगरपालिकामा शनिवार विहान आएको हावाहुरी र असिनाले ठुलो परिमाणमा कृषिबालीमा क्षती पुगेको छ ।
नगरपालिकाको गोबिन्दपुर आसपासका क्षेत्रमा ठुलो परिणाममा कृषिबाली हावाहुरी तथा असिनापानीले भाँचिदिएपछि कृषकहरु दुखित बनेका छन् ।

मुख्य रुपमा सयौं बिघामा लगाईएको मकै भाँचिएर नष्ट भएको छ भने चना, मुसुरी, गहुँ लगायतका बालिमा समेत क्षति पुगेको छ । स्थानीय हेमन्त कटुवालले भने “ यस ठाउँमा दर्जनौ विघामा लगाएको अन्नबाली नष्ट भएको छ, लगानी उठाउन समेत समस्या हुनेभयो। ”

यस्तै गोबिन्दपुर ६ का प्रेम पौडेलले ५ बिघामा लगाऐको मकै खेती हावापानी र असिनाले पुर्ण रुपमा नस्ट भएको गुनासो गरे । त्यसैगरी सुनबर्सि नगरपालिका ६ का अर्का कृषक उमेश वस्नेत को २ बिधामा लगाएका मकै समेत पुर्णरुपमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.