Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन

विराट खबर 11 months ago (Last updated: 11 months ago) 0 comments
earthquake_Knwm18ep41

विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिए ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिए । उनले भने, “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ । ” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए। उनले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै
Next: भूकम्प : सोलुखुम्बुमा दुई घरमा क्षति

Related Stories

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.