Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • खोटाङका कृषकलाई अनुदानमा हातेट्रयाक्टर
  • अर्थ वाणिज्य
  • समाज

खोटाङका कृषकलाई अनुदानमा हातेट्रयाक्टर

विराट खबर 11 months ago 0 comments
hata tactor

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो ।

प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । “हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्”, उनले भने, “खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो ।”

नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ सल्लेमा एक तथा वडा नं ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ । गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (रु ४१ हजार चार सय)मा ट्रयाक्टर पाएपछि हर्षित भएका छन् ।

कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदानसमेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
Next: आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

Related Stories

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
akhitar
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाज

अख्तियारका पदाधिकारी हटाउन भ्रष्ट डीजीदेखि को-कसको चलखेल ?

विराट खबर 2 months ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.