गाउमा कविताको बाह्रौ श्रृङ्खला सम्पन्न

गाउमा कविताको बाह्रौ श्रृङ्खला सम्पन्न

विराटनगर । झोराहाट नाट्य केन्द्रले गत वर्षदेखि सञ्चालन गरेको गाउामा कविता श्रृङ्खलाको १२ औं श्रृङ्खला सम्पन्न भएको छ ।
मोरङको झोराहाट स्थित झोराहाट नाट्य केन्द्रमा भएको कविता श्रृङ्खलामा चार जना कविले आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । आजको श्रृङ्खलामा कवि राजेन्द्र पराजुली, राजेन्द्र सलभ, हरिमाया भेटवाल र हेमन यात्रीले कविता बाचन गर्नुभएको थियो । कविहरूले राजनीतिक व्यङ्ग्य, मातृत्व, प्रेमका विषयमा लेखिएका कविता बाचन गर्नुभएको थियो । झोराहाट नाट्य केन्द्रमा प्रत्येक महिनाको दोस्रो शनिवार गाउामा कविता श्रृङ्खला सञ्चालन गरिन्छ । जसमा चार जना कविले आफ्ना चार ओटा कविता प्रस्तुत गर्नुहुन्छ । गाउामा कविता श्रृङ्खला एक वर्ष पुगेको उपलक्ष्यमा झोराहाट नाट्य केन्द्रले बैशाख आठ र नौ गते दुई दिने विशेष साहित्यीक महोत्सव गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.