तोकिएकै समयमा चुुनाव हुन्छ, निर्वाचन आयुक्त यादव

तोकिएकै समयमा चुुनाव हुन्छ, निर्वाचन आयुक्त यादव

विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले तोकिएकै समयमा चुुनाव गराउन आवश्यक तयारी तिब्रताका साथ भइरहेको बताउनुभएको छ ।
स्थानिय तह निर्वाचन सम्बन्धमा विराटनगरमा आयोजित पत्रकार सम्मेललनमा उहाँले द्रुत गतिमा तयारी चलिरहेको भन्दै समयमै चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो । प्रदेश नं १ अन्तर्गत १२ जिल्लाको मतदातापत्र छपाई, निर्वाचन शिक्षा कार्यकता तथा मतदाता शिक्षा स्वयंसेवक, निर्वाचन सम्बन्धि कानूनि व्यवस्था र निर्वाचन कार्यक्रम सम्बन्धि प्रशिक्षण कार्यक्रम विराटनगरमा शुरु भइसकेको बताउनुभयो । उहाँले प्रदेश नं १ मा मतपत्र छपाइको कार्य शुरु भइनसेको भन्दै शिघ्र त्यसको तयारीमा लाग्ने जानकारी दिनुभयो । उहाले निर्वाचनको तयारीलाई तिव्रता दिएसँगै २२ वटा जिल्लाको मतपत्र छाप्ने काम पूरा भएको जानकारी दिनुभयो ।

मतदाताले आफ्नो तथा परिवारको मतदाता परिचय पत्र सम्बन्धित जिल्ला स्थित निर्वाचन कार्यालयबाट लिन सक्ने बताउनुभयो । आयोगले मात्र निर्वाचन गर्न नसक्ने भन्दै उहाले सहयोग गर्न राजनीतिक दल र मतदाताहरुलाई आग्रह गर्नुभयो । यस्तै प्रमुख आयुक्त यादवले राप्रपाको विधान कटौती संविधान अनुसार भएको स्पष्ट पार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.