बिराटनगर / कोशी प्रदेशको शिक्षाक्षेत्रमा अग्रणी तथा सबै बिद्यार्थीहरुको रोजाई रहेको विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् । यस कार्याक्रममा बिशिष्टहरुको घुईचो समेत लागेको थियो । कार्याक्रम स्तरीय हुनु नै बिशिष्टहरुको आगमनले देखाउछ ।
बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् । ‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’ विषयमा आयोजित प्रतिस्पर्धामा सरोज पौडेल द्वितीय हुँदा दीपेन ताजपुरिया तृतीय भए । पत्रकार मीनकुमार नवोदित, कलेजका निर्देशक दीपेश बास्तोला रसन्तोष अधिकारी रहेको निर्णायक समितिले प्रतिस्पर्धी विद्यार्थीहरूमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो । विद्यार्थीहरूको सर्वाङ्गिण विकास गर्दै व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य सीएम श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमुख निर्णायक निर्देशक बास्तोला, प्राचार्य श्रेष्ठ, निर्देशक मनिष भट्टराईलगायतले अविर र माला लगाएर पुरस्कार प्रदान गरेका थिए । प्रतिस्पर्धाबाट प्रथम हुन सफल शर्मिष्टाले यही मंसिर २८ गते विराटनगरमा आयोजना हुने अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा सहभाागिता जनाउने अतिरिक्त क्रियाकलापका संयोजक मनोज तिवारीले जानकारी दिए ।
कलेजमा अध्ययनरत १३ सय विद्यार्थीमध्ये ३० जनाबीच आन्तरिक प्रतिस्पर्धा गरिएको थियो । आन्तरिक प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट ५ जनामध्येबाट जिल्लास्तरको प्रतियोगितामा भाग लिने विद्यार्थी छनोट गरिएको हो । विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापनलगायतका विषय पठनपाठन हुने अर्किटले बेला–बेला कविता, निबन्ध, वादविवाद, वक्तृत्व, चित्रकला, खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको कलेजका प्राचार्य श्रेष्ठको भनाइ छ । पठनपाठनसँगै विद्यार्थीहरूको चौतर्फी विकासका लागि कलेजले कुनै कमी हुन नदिएको उनले बताए ।