विराटनगर, कात्तिक । मोरगं जिल्लामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले ग्रामथान गाउँ पालिकाको कार्यालयमा कार्यालय रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाघाटन गर्नु भएको छ ।
कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलिय छलफल गर्नु भएको छ । उहाँले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने बतनउनुभयो । छलफलमा राजनीतिक दलले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनएका थिए । मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मंसिर २ गते देखि शुरू हुने बताउनुभयो । पहिलो दिनको कार्यक्रम मनोनयन दर्ता रहेको उहाँले बताउनुभयो । मनोनयन दर्ता विहान १० वजेबाट शुरू गरिने भएको छ । मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता, मनोनयन दर्ताकन लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी गराउनु भएको थियोे । ७ वटा वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।