ग्रामथानमा आज जे देखियो … उपनिर्वाचनमा सूर्यको जीत सुनिश्चित

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि आउँदो मंसीर १६ गते उपनिर्वाचन हुँदैछ । आसन्न यो उपनिर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेदवारको जीत सुनिश्चित हुने देखियो ।

बिराटनगर । अगामी मंसिर १६ गते हुने उपनिर्बाचनमा मोरगं जिल्लाको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जित्ने अडकलबाजीहरु स्थानीय जनताहरुले गर्न थालेको छन् ।
केही दिन अगाडि नेकपा एमालेले पार्टीका महासचिब शंकर पोखरेलको उपस्थितिमा भब्य कार्याक्रम नै गरेको छ । स्थानीय बासीहरुको ओइरो र सक्रिय सहभागिताले

जीत सुनिश्चितताका आधारहरू :
१) उम्मेदवार कमरेड तुलसीराम विश्वास तपाई स्थानीय मतदाताले मागेको सर्वस्वीकार्य र साझा व्यक्तित्व हुनुहुन्छ,
२) उम्मेदवार हेर्दा नै आकर्षक लाग्ने व्यक्तित्व विकाससहितको युवा अनुहार, जोश र जाँगरको पर्याय हुनुहुन्छ,
३) उम्मेदवारको सार्वजनिक छवि राम्रो र सकारात्मक प्रभावले आकर्षित छ । पार्टी र जनताको काममा इमान र निष्ठासाथ उभिनुभएको व्यक्तित्व हुनुहुन्छ,
४) ७ वटा वडा रहेको गाउँपालिकामा उपाध्यक्ष गुणरत्ना धामीसहित बहुमत वडा र कार्यपालिका सदस्य संख्या एमालेसम्बद्ध छ,
५) स्थानीय पार्टी कमिटीले फराकिलो मतान्तरसहित जीतका लागि रणनीतिक महत्त्वका साथ सशक्त र व्यवस्थित योजना बनाएको छ,
६) पार्टीमा उम्मेदवारको टुंगो लाग्नुपूर्व आकांक्षीको रूपमा धेरै जनाको नाम बाहिरफेर आए पनि, यदाकदा चर्चा चले पनि कमरेड विश्वासको नाममा उम्मेदवारको अन्तिम टुंगो लागेपछि अहिले सबैजना एक ठाउँमा हुनुहुन्छ, एकमत हुनुहुन्छ । यहाँ स्थापित नीति र नेतृत्वमा कुनै अलमल र विरोधाभास छैन ।
७) चुनाव प्रचार–प्रसारका वस्तुगत मुद्दा र माध्यमहरू स्थानीय छन्, रैथाने जनजीवनमा आधारित छन् र जनमैत्रीय छन्,
८) उम्मेदवार आफैंमा अत्यन्तै बेदाग, जनसम्पर्क आधारित र घरदैलोसम्म पुग्न सक्ने र यहाँका समस्याहरुलाई राम्रोसँग बुझ्न सक्ने हुनुहुन्छ,
९) नयाँ नाउँको उपद्रोबाट आजित असंगठित मत पनि राष्ट्रिय राजनीतिको निर्णायक शक्ति भनेको एमाले हो भन्ने बुझेको परिपक्व जनमत छ, जसले विकास र निर्माणको क्षेत्रमा बाढी ल्याउन चाहन्छ आदि–आदि ।

यस्तैयस्तै कारणले पनि सूर्य चिह्न ध्वजाबाहक उम्मेदवार कमरेड तुलसीराम विश्वासको जीत सुनिश्चित छ ।
अग्रीम बधाई तथा कार्यकाल सफलताको शुभकामना !