बिराटनगर । अबिरल बर्षातको कारण देश भरि धन, जन लगायत भौतिक क्षति हुन पुगेको बेला बाढी र पहिरोमा परी अप्ठयरो परेकाहरुलाई नेकपा एकाले कोशी प्रदेश कमिटीले राहत र उद्धारमा लाग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको हस्ताक्षर विज्ञप्ति भनिएको छ –विपद् प्रतिकार्यमा जुट्न सबै नेता तथा कार्यकर्ताहरू साथै जनबर्गिय संगठनहरुका आबद्ध कार्यकर्ताहरुलाई निर्देशन सहित तुरुन्त घटना स्थलमा गएर उद्धारमा कुनै अबिलम्ब नगरी काममा खटिन आहवान समेत गरेका छन् ।
उनले विज्ञप्तिमा उल्लेख गरेका छन्–नेकपा एमाले पार्टीसङ आबद्ध सबै तहका नेता, कार्यकर्तालाई विपत्तिमा परेकाहरूलाई उद्धार, राहत र पुन स्थापनामा सहयोग गर्न र आपत्कालीन सेवाहरूमा सहभागी हुन विशेष निर्देशन गर्दछौ ।
एमालेले राहत, उद्धार र पुनर्निर्माणमा जुट्न तिनै तहका सरकार, राजनीतिक दल, सङ्घसंस्था, निजी क्षेत्र र आम नागरिक समक्ष अपिल गरेको छ । एमालेले दसैँको मुखमा राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विपद्का कारण मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घर परिवारहरूको पुनस्र्थापना तत्काल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदछौ । कोशीका बिभिन्न भागमा पहिरो गएको छ , पुल भत्केको छ, जिल्ला सम्र्पक बाहिर भएको छ । यातयातहरु सुचारु चलेका छैनन् तसर्थ सबैले अप्ठयारो परेका बेला सहयोग गर्नु नै मानबीय स्वभाब हो भनेको छन् ।