नमिका पाण्डे, विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार निर्माण हुने हुदा पनि कुनै पनि मन्त्रालयको संख्या नबढने वा नथप्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
शक्ति सङ्ख्याको आधारमा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिए । मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने समेत प्रष्ट पार्नु भयो’ । उनले नेकाले नाम दिएको आधारमा दुई÷चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने समेत जानकारी दिए । प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै मुख्यमन्त्री कार्कीले आवधिक समयमा विग्रका बजेटलाई कानुन वमोजि सच्याउने सकिने बताए । उनले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कि सम्वन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति सम्वेदनशील रहेको बताए ।