नमिका पाण्डे, बिराटनगर । नेत्रहीन युवासंघ नेपाल जिल्ला शाखा मोरंगका अध्यक्ष दुर्गानाथ योगीले अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्वको लागि आरक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
बिराटनगरमा एक पत्रकार सम्मेलन गरी समानुपाति प्रणाली अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि पनि हरेक क्षेत्रमा आरक्षण्को व्यवस्था हुने पर्ने माग गरेको हो ।
योगीका अनुसार नेपाल अभिराज्यभरी दृष्टी सम्बन्धी अपाङ्गता भएका करीब ८ सय जना संघमा आवद्ध रहेको छ भने मोरंग जिल्लामा २ सय भन्दा बढी सदस्याहरु आवद्ध रहेको छ । दलित, आदीवासी जनजाती, मधेशी जस्तै अपाङ्गता भएको व्यक्तिहरुको लागि पनि राज्यल आरक्षणको व्यवस्था गर्नुपर्ने लगायतको माग गरेका छन् ।
राजनीतिक दल, भात्री संघ संगठन लगायत सम्वद्ध पक्षसंग १३ वटा माग नेत्रहीन युवासंघ मोरंगले राखेका छन् ।