निरु प्रजापति, बिराटनगर । नेपालमै बैकिगं क्षेत्रलाई चाहिने सबै भन्दा बढी जनशक्ति उत्पादन गर्नै शैक्षिक क्षेत्रका रुपमा मेरिल्याण्ड कलेजलाई लिने गरिन्छ । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगरस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।
कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कक्षा ११ मा भर्ना भएका ६ सय ३७ बढी विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज परिसरमा अभिमुखिकरण गराएको हो । कलेजमा भर्ना भएका २३ औं ब्याजमा विद्यार्थी हुन् । कलेजका संस्थापक भेषराज पोखरेलले देशलाई चाहिने र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर मेरील्याण्डले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठलो योगदान पु¥याएको बताए । आजको शिक्षा प्रविधियुक्त र रोगजारमुखी शिक्षा हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण मेरील्याण्ड सधै उत्कृष्टमा परेको बताए । २०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था भएको उनले बताए । ब्यबस्थापन संकाय मात्र पढाई हुने यस मेरिल्याण्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।