बिराटनगर । ते्स्रो दलले सरकार चलाउदा भद्रगोल हुने अबस्थामा राष्टंं संकट परेका बेला दुई ठुला दलहरु मिलेर कोशी प्रदेशमा सयुक्त सहमतिको सरकार बनाउने सहमति संगै सरकारले सोमबार वा मंगलबार पुर्णता पाउने भएको संकेत देखिएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसले कोशी सरकारको मन्त्रालय भागबन्डाको विषय टुंग्याएका छन् ।  प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने निश्चित भएको छ । यी तीन वटै मन्त्रालय यसअघि माओवादीसँग थियो । शुक्रबार मात्रै माओवादीका मन्त्रीहरुले राजीनामा दिँदै सरकार छाडेका थिए ।  एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि कांग्रेसभित्र मन्त्री बन्ने दौड झनै बढ्ने निश्चित भएको छ ।  भागबन्डा टुंगो लागेसँगै   मन्त्रीहरुको नाम टुंगो लाग्नेछ ।  कांग्रेस कोशीमा संस्थापन पक्षका नेताहरु अमृत अर्याल, प्रदीप सुनुवार,  हिमाल कार्की,  खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, सिटौला पक्षका भूपेन्द्र राई तथा शेखर कोइराला पक्षका पनि बहुसंख्यक सांसद मन्त्री हुने दौडमा छन् ।  कांग्रेसले दुई दिनभित्रमा नाम टुंगो लगाउने सम्भावना छ  / मोरगं जिल्लाबाट जितेका प्रदेश सांसदहरु धेरै मन्त्री बन्ने दौडमा देखिन्छ । तर त्यो सन्तुलन चाँही हुदैन एक काग्रेसी नेताले बिराट खबरलाई बताए ।