बिराटनगर ।  विराटनगरको बसपार्कमा रहेको  जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन  एक कार्याक्रमको समारोहमा कोशी प्रदेशको  राज्यमन्त्री सृजना राईले रिविन काटेर युनिसेक्स सैलुनको उद्घाटन गरेकी छिन् ।

विराटनगरको बसपार्क नजिकै महिला र पुरुष दुवैलाई सेवा दिने  जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन सञ्चालनमा आएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्री  तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री राईले रिविन काटेर युनिसेक्स सैलुनको उद्घाटन गरेकी हुन् । युनिसेक्स सैलुनको उद्घाटन गरेपछि त्यहाँ उनले आफ्नो कपाल पनि मिलाएकी थिइन् । राज्यमन्त्री राईले समृद्धिका लागि महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै त्यसका लागि युनिसेक्स जस्ता सैलुनले सहयोग पुग्ने बताइन् ।

जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमीमा महिला पुरुष दुवै जनाले सेवा पाउने छन् । त्यस बाहेक ब्यूटिसियन सम्बन्धि सम्पूर्ण तालिम र नेल पेन्टिङ सिक्नेहरुको लागि पनि एकेडेमी खोलिएको ब्यूटिसियन तथा युनिसेक्स सैलुनकी संचालक शान्ता जोशीले जानकारी दिइन् ।

युनिसेक्स सैलुनमा १५ लाख भन्दा बढीको लगानी रहेको बताइएको छ । युनिसेक्स सैलुन संचालन भएको अवसरमा साउन महिनाभरी ग्राहकहरुलाई ३० प्रतिसम्म छुट दिने उनले जानकारी दिइन् । विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा युनिसेक्सले दिने बताइएको छ ।