विराटनगर /  पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षको कारण राजनीतिक परिवर्तन भएको बताए।

नेकपा एमाले नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र एमालेले नै कम्युनिष्टहरुलाई एकता गरेर लाने मुख्यमन्त्री कार्कीले बताए। बामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकुशता ढाल्नु पर्छ भन्ने विचार पुष्पलालको भएको र सोही जगमा २०३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको चर्चा गर्दै उनले यसैको बलमा २०४६ सालमा आन्दोलन सफल भएको बताए।  मुख्यमन्त्री कार्कीले अहिले काँग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि बामपन्थी र प्रजातान्त्रिक दल मिल्नु आजको आवश्यक्ता भएको स्पष्ट पार्नुभयो । यो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्लो बनाउन सहयोग गर्ने उनको धारणा छ ।