Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • कोशी प्रदेश स्तरीय सुन्दरहरैचामा ३ दिने स्काउट दल टोली नायक तालिम सम्पन्न, १७ स्थानीय पालिकाबाट १ सय ५० टोली नायक सहभागि
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • मोफसल
  • समाज

कोशी प्रदेश स्तरीय सुन्दरहरैचामा ३ दिने स्काउट दल टोली नायक तालिम सम्पन्न, १७ स्थानीय पालिकाबाट १ सय ५० टोली नायक सहभागि

विराट खबर 1 year ago (Last updated: 1 year ago) 0 comments
451576831_1597857637613569_2955356913526008728_n

बिराटचोक, मोरगं । नेपाल स्काउट संयुक्त ट्रेनिङ क्याम्पको आयोजनामा दुइ रात तिन दिने टोलि नायक तालिम (पेट्रोल लिडर तालिम सम्पन्न २०८१) सुन्दरहरैँचा १ स्थिीत हरैचा इंग्लिस स्कुलमा  सम्पन्न भएको छ ।

नेपाल स्काउट सुन्दरहरैँचा स्थानीय नगर समितिद्धारा व्यवस्थापन गरेको उक्त तालिममा कोशी प्रदेशका विभिन्न १७ पालिकाका २८ विद्यालयमा सञ्चालित स्काउट दलबाट १५० टोलि नायकहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक बादल देवानले जानकारी दिनुभयो । नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धती आयुक्त शिवानी देवानको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा, सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकाी, विभिन्न स्थानी समितिका प्रमुख आयुक्तहरु, विद्यायलयका प्रध्यानध्यापक, स्थानीय समितिका आयुक्तहरु, स्काउट लिडर तथा मास्टरहरुको सहभागिता रहेको थियो । तालिमको उदघाट श्रावण २ गते नेपाल स्काउट राष्ट्रिय समितिका सह प्रमुख आयुक्त श्री किरण गिरीको प्रमुख आतिथ्यता तथा , आयुुक्त हरु रवि खनाल, नवल प्रसाद उपाध्याय, कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, शैक्षिक पद्धती आयुक्त शिवानी देवान, दस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे लगायतको उपस्थितीमा भएको थियो ।

उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथी गिरीले यस्ता कार्यक्रमले स्काउट विद्यार्थीहरुमा नेतृत्व क्षमताको वृद्धि हुने र विद्यार्थीहरुलाई निरन्तर कार्यक्रमहरुमा सहभागीता र प्रशिक्षणले विद्यार्थीहरुको स्काउट तर्फको आर्कषमा समेत वृद्धिहुने र एकरुपता कायम हुन सहयोग पुग्ने बताउनु भयो । त्यसै गरि कार्यक्रममा बोल्दै राष्ट्रिय आयुक्त रवि खनालले संयुक्त टे«निङ क्याम्पले २०७९ सालमा आयोजना गरेको क्याम्पको प्रशंसा गर्दै सोहिको निरन्तरताको रुपमा टोलि नायक तालिम आयोजन भएकोले यसले नयाँ उदाहरण प्रस्तुत भएको बताउदै यस्तो प्रशिक्षणले स्काउटमा पछिल्लो समयमा भएको संख्यात्म वृद्धिलाई गुणात्मक वृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रमा हरैँचा मोडल इंग्लिस स्कुलका प्रिन्सीपल रुद्र थापाले विद्यालयमा कार्यक्रम सञ्चालन गरेको आफुहरु खुसी भएको बताउदै स्काउटले विद्याथीहरुलाई समाजमा भिज्न र सहयोग गर्न विकास गरेको बताउनु भयो । उहाँले स्काउटले विद्यार्थीलाई अनुशासन र सामाजिक कार्य सगसगैँ संस्कार शिक्षमा समेत जोड दिएर भविष्यका योग्य नागरिक बनाउन स्काउटले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । तालिममा स्काउट विद्यार्थीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि विभिन्न विषयमा प्रशिक्षीत गरिएको महिला तर्फको कोर्ष लिडर एवम नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धती आयुक्त शिवानी देवानले बताउनु भयो ।

सहभागीहरुलाई शुरुमा पनि परिक्षा लिइएको र तालिमको अन्तयमा पनि परिक्षा लिइएको थियो, दुईवटा परिक्षामा सहभागीहरुको अंकमा ठुलो परिवर्तन आएकोले तालिमको प्रभावकारिता पुष्टि गरेको पुरुष तर्फका कोर्ष लिडर मोतिराम ढुगांनाले बताउनु भयो । तालिमा सहभागी मध्ये सवोत्तउत्कृष्ट छात्र तर्फ कानेपोखरी स्थित माउन्ट हर्मन स्काउट दलका तान्सुहाङ लिम्बु र छात्रा तर्फ इटहरी स्थिीत बालविकस स्काउट दलको एलिना लिम्बु पुरस्कृत हुुनु भएको थियो ।

कार्यमका संयोजक बादल देवानले कार्यक्रममा यति धेरै विद्यालयको उत्साहजनक सहभागीता, विद्याथीहरुले ३ दिन सम्म प्रशिक्षणमा देखाउनु भएको कौतुहलता र प्रशिक्षकहरुको लगनशिलताले कार्यक्रम भव्यरुपमा ुसफल भएको निष्कर्ष निकालेको र सहभागीहरुलाई यहाँ सिकेका विषय विद्यालयको स्काउट दल, व्यत्तिगत तथा समाजको हितमा प्रयोग गर्न निर्देशन दिनुभयो । कार्यक्रममा २२ जना प्रशिक्षक, १८ जना सहयोगी क्रियु सदस्य र १० जना व्यवस्थापनमा निरन्तर लागेको संयोजक देवानले बताउनु भयो । उहाँले अगामी फागुनमा संयुुक्त ट्रेनिङ क्याम्प २०८१ आयोजना हुन लागेको र उक्त क्याम्पमा प्रदेशका १०० भन्दा बढी स्काउट दलका पाँचहजार स्काउटहरुको उपस्थिीतको तयारी गर्ने समेत बताउनु भयो ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: बिराटनगरको अरनिको कलेजमा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखिकरण, बिद्यार्थीहरुको सपना डाक्टर र इन्जिनियर हुने बिद्यार्थीहरुको सोचाई
Next: प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

Related Stories

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.