विराटनगर । विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय तर्फ ८ सय ५० सिटका लागि १६  सय ३ जनाले बुधबार प्रवेश परीक्षा दिएका छन् । कलेजमा विज्ञान संकाय तर्फ ३ सय ५० सिटको लागि ८ सय , व्यवस्थापन संकाय तर्फ ३ सय ५० सिटका लागि ५ सय ७५  र होटल व्यवस्थापन संकाय तर्फ १ सय ५० सिटका लागि २ सय ७५  जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

कलेजले छिटो छरितो प्रवेश परीक्षा लिनका लागि लोकसेवा आयोगको जस्तै कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो । विराटनगरका नाम चलेका ठूला कलेजहरूको तुलनामा कान्तिपुर कलेज कम्प्युटर प्रविधि तर्फ आफूलाई जहिले अग्रपङ्तिमा राख्न सफल भएको छ । र त्यही कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो । कलेजका प्रिन्सिपल भुवन नेपाल (भेषराज) ले प्रवेश परीक्षा दिएका मध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई तीनवटै संकाय तर्फ सिट क्षमताको आधारमा भर्ना लिने जानकारी गराएको छ ।  कोशी प्रदेश सहित विराटनगर महानगरपालिका क्षेत्रमा हुने गरेका सरकारी तथा गैर सरकारी खेलकुद क्रियाकलापमा कान्तिपुर कलेज मेडल र पुरस्कार जित्ने सूचीमा अग्रणी मोर्चामा रहेका छन् । विद्यार्थीको सुविधाका लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इलाइब्रेरी र छुट्टाछुट्टै छात्रछात्राका लागि होस्टलको व्यवस्था गरेकोले कान्तिपुर कलेज प्रति अभिभावक र विद्यार्थीको रोजाई बढ्दो क्रममा छ ।