सर्वोच्चद्वारा जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय बदर

सर्वोच्चद्वारा जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय बदर

काठमाडौं । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गर्ने सरकारी निर्णयलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले मंगलबार चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको हो । कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा भएकालाई छाडेर चौथो नम्बरमा रहेकालाई बढुवा गर्नु निर्णयकर्ताको स्वेच्छाचारिता प्रमाणित भएको सर्वाच्चको फैसला सुनाउँदै प्रहरी नियमावली अनुसार योग्य व्यक्तिलाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको छ ।

सर्वाेच्चको फैसलाले कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा भएकालाई छाडेर तेस्रो नम्बरमा रहेकालाई बढुवा गर्नुमा निर्णयकर्ताको स्वेच्छाचारिता प्रमाणित भएको ठहर समेत गरेको छ ।

सरकारले गत फागुन १ गते वरियता क्रममा शीर्ष स्थानमा रहेका नवराज सिलवाल र दोस्रो स्थानमा रहेका प्रकाश अर्याललाई पन्छाउँदै चन्दलाई आईजीपी नियुक्त गरेको थियो ।

आफू एक नम्बरमा हुँदाहुँदै तेस्रो नम्बरका चन्दालाई आईजी बनाएपछि डीआईजी सिलवाल न्याय माग्दै अदालत पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.